सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एभरेष्ट बैंकले २० प्रतिशत नगद सहित ५ प्रतिशत बोनस शेयर दिने

२०७६ असोज २८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत नगद लाभांस सहित ५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ।

बैंक सञ्चलक समितिको आईतबार बसेको बैंठकले गत आर्थिक बर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत लाभांस दिने घोषणा गरेको हो । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ६ करोड रुपैयाँ छ । ५ प्रतिशत बोनस शेयरपछि चुक्ता पूँजी ८ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ ।

लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारणसभामा लैजाने बैंकले जनाएको छ। दोस्रो बजारमा सूचिकृत कम्पनीमध्ये नियमित लाभांस प्रदान गर्ने एभरेष्ट बैंकले राम्रो लाभांस प्रदान गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकको पूँजी बृद्धि योजनापछि लाभांसदर घटेपनि बढ्दो नाफाले बैंकको लाभांस बाँड्ने क्षमता बढ्दै गएको छ।

बैंकले गत वर्ष तीन अर्ब चार करोड रुपैयाँ नाफा गरेको थियो। लाभांस वितरण गर्न योग्य नाफा भने दुई अर्ब १८ करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी ३७ रुपैयाँ भए पनि बैंकले जगेडा कोष बलियो बनाउदै २५ प्रतिशत मात्रै लाभांस दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टिकेन पुँजीबजारको उकालो यात्राः नेप्से परिसूचक २६ अङ्कले घट्यो

बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा

आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार

नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक

चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्वबैंकको प्रक्षेपण

कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो

११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?