सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बुद्ध एयरले गर्‍यो सांसद साहलाई कार्वाहीको माग, सुनुवाइ नभए उडान बन्द गर्ने‍ चेतावनी

२०७६ असोज २८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: बुद्ध एयरले राजपाका सांसद प्रमोद साहलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी दिएको छ ।

सांसद साहले सोमबार जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको बिषयमा नेपाल वायुसेवा सन्चालक संघले आपत्ती जनाउदै आरोप लगाएको हो ।

जनकपुर बिमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद राष्ट्रिय जनता पार्टीका प्रमोदकुमार साह हुन् । उनलाई एक हप्तासम्म कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने‍ संघले मंगलबार चेतावनी दिएको छ ।

उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न समेत माग गरेको छ।

सांसद साहको विमान कम्पनीमा गरेको अभद्र गतिविधिलाई घोर निन्दा गर्दछ भन्दै संघले प्रेस विज्ञप्ति जारी गरि तोकिएको समयसम्म कार्बाही नभए उडान बन्द गरिने जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

विकासका लागि निजी क्षेत्रको पुँजी आवश्यक छः अर्थमन्त्री वाग्ले

अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै