
काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बिच गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनको समुद्घाटन गरेकी छन् ।
‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन ह्यात होटल काठमाडौंमा सुरु भएको हो ।
सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रत्येक २/२ वर्षमा महाधिवेशन गर्नुपर्ने बिधान बमोजिम एनआरएनएले नवौं महाधिवेशन शुरू गरेको हो । सम्मेलन असोज ३० असोजसम्म चल्ने छ समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
दुईवर्षे कार्यकालको लागि अध्यक्षमा वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य बिच कडा प्रतिश्पर्धा हुने भएको छ ।
सम्मेलनमा अध्यक्षका प्रत्यासी बेलायतमा व्यवसाय गरिरहेका पर्वतका कुल आचार्य र जर्मनीमा होटल व्यवसाय सञ्चालन गरिरहेका गोरखाका कुमार पन्तबीच कडा प्रतिश्पर्धा हुने भएको छ ।
चुनाबकै लागि आचार्यले रोयल सिंगे दरबारमार्ग र पन्तले याक एण्ड यति होटल दरबारमार्गमा आफ्नो सम्पर्क कार्यालय खोलेर चुनावी अभियान तिब्र पारेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका आचार्यलाई शेष घले र बामपन्थीको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका पन्तलाई जीबा लामीछानेको समर्थन रहेको बताइन्छ ।
एनआरएनएमा अध्यक्ष सहित कुल १२ पद रहेका छन् । ती पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने प्रावधान रहेको छ ।
सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक हितको लागि एकताबद्ध गर्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको जनाएको छ ।