
काठमाण्डौं: नेपाल भलिबल संघको प्रशिक्षण तथा मैत्रीपूर्ण खेलको लागि मंगलबार राष्ट्रिय महिला भलिबल टिमलाई थाईल्याण्ड बिदाइ गरेको छ ।
एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप र १३ औं दक्षिण एसियाली खेलकुद (साग)को लागि टिमलाई राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा सदस्य सचिव रमेश कुमार सिलवाल लगायतको टोलिले बिदाई गरेको हो ।
एसियन भलिबल कन्फेडेरेसन (एभिसी) कार्तिक २२ देखि २७ गतेसम्म सञ्चालन हुने छ ।