सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजपा सांसद प्रमोद शाह बिमानस्थलबाटै पक्राउ

२०७६ असोज २८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद शाह त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसरको टोलीले सांसद शाहलाई त्रिभुवन अन्तराष्ष्ट्रिय विमास्थलबाटै मंगलबार अपरान्ह पक्राउ गरेको हो ।

सांसद साह आन्तरिक उडानतर्फ नेपाल एयरलाईन्सको उडानबाट काठमाडौं- फाप्लु जानको लागि भिआईपी कक्षमा बसिरहेको अबस्थामा नेपाल प्रहरिको टोलीले उनलाइ पक्राउ गरेको हो ।

शाहलाई मंगलबार नै जनकपुर लैजाने प्रहरीले तयारी गरेको बताइएको छ ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थल कार्यालयमा जहाज ढिलो भएको भन्दै बुद्ध एयरलाइन्सको काउन्टर तोडफोड गरेका थिए ।

साहले सोमवार जनकपुर विमानस्थलमा तोडफोड गरेको उजुरी परेपछि प्रहरीले अदालतबाट पक्राउको लागि अनुमति मागेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालयलाई पक्राउ गर्न पत्राचार गरेको र सोही अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा