
काठमाण्डौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले चीनियाँ राष्ट्रपतिको राजकीय भ्रमण उत्कृष्ट भएको दावी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले २३ बर्षपछी भएको चीनियाँ राष्ट्रपतिको भ्रमणले नयाँ सन्देश दिएको बताइएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलिको अध्यक्षतामा बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ट नेताद्धय झलनाथ खनाल र माधब नेपाल लगायतका सचिवालय सदस्यहरूको उपस्थिति रहेको थियो ।
मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको सचिवालय बैठकमा चीनियाँ राष्ट्रपति भ्रमणको समीक्षा, मन्त्रिमण्डल हेरफेर, सभामुखको निर्वाचन, भावी कार्यदिशा लगायतका विविध बिषयमा छलफल भएको बताइएको छ ।