सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार हुँदै जापान प्रस्थान

२०७६ असोज २९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार हुँदै जापान प्रस्थान गरेकी छिन् ।

म्यान्मारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा तथा जापानी सम्राट नारुहितोको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाईन्सको नियमित उडानबाट बुधबार बैङकक हुदै म्यानमार प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाइ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अति बिशिष्ट कक्षमा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरू लगायतका उच्च पदस्थ ब्यक्तिहरूले बिदाइ गरेका छन् ।

राष्ट्रपति भण्डारीले असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यान्मारको राजकीय भ्रमणमा रहने छिन ।  भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारका  राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्ने्छिन् ।

त्यसैगरी नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने कार्यक्रम रहेको छ । उनले राजधानी यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछी जापानी सम्राट नारुहितोको राज्याभिषेकमा सहभागी हुन  त्यसतर्फ प्रस्थान गर्ने छिन् । जापानी सम्राट नारोहितोको राज्याभिषेक कार्यक्रम अक्टोबर २२ (कात्तिक ५) गतेका लागि तय भएको छ । १२६ औं सम्राट बनेर मे १ मा नै सिंहासन सम्हालेर बसेका नारोहितोको राज्याभिषेक भएको थिएन ।

राज्याभिषेक कार्यक्रमका लागि विश्वका विभिन्न देशका राजा र राष्ट्र प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।

जापान नयाँ युगमा प्रवेश गर्न लागेको घोषणा केही समय अघि गरिएको थियो । नारोहिता राजसिंहासनमा बसेसँगै जापानमा नयाँ युगको शुभारम्भ भएको छ । यस नयाँ युगको नाम रेइवा हो जो नारोहितोको शासनकाभरी चल्ने छ ।

राष्ट्रपति भण्डारी नारोहितोको राज्याभिषेकमा सहभागी भएर अक्टोबर २३ तारिख (कात्तिक ६ गते) स्वदेश फिर्ती हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय श्रोतले हरियाली नेपाललाई जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव तथा परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारी समेत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति