सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सवको तयारी अन्तिम चरणमा

२०८२ फागुण २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुर । यही फागुन ५ देखि हुने जनकपुरधाम साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले फागुन ५ देखि ८ सम्म सञ्चालन हुने महोत्सवको पाँचौँ शृङ्खलाको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।

मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय र मैथिली विकास कोषको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनमा महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

महोत्सवमा कला साहित्य, राजनीति, सामाजिक, आर्थिक मुद्दा, इतिहासलगायत विभिन्न २० विषयमा गहन विमर्श र चित्रकला, पुस्तक तथा मिथिला भोजन प्रदर्शनीको समेत आयोजना गरिने अध्यक्ष चौधरीले बताए ।

“महोत्सवमा नेपाल र भारतका विद्वान–विदुषी, गायक–गायिका तथा नाट्य समूहको सहभागिता हुनेछ । चार दिनसम्म जनकपुरधाम साहित्य, कला र सङ्गीतमय हुनेछ”, उनले भने ,“मैथिली विकास कोष सदैव भाषा, साहित्य, संस्कृति र कलाको सम्मान गर्दै आएको छ । यसमा प्रदेश सरकार र स्थानीय पालिकाले पनि सहयोग गरिरहेका छन् । विगतमा जस्तै जनकपुरवासीले यसपालि पनि महोत्सव सफल बनाउन भरपूर सहयोग गर्ने विश्वास छ ।”

महोत्सवक मुख्य आकर्षणमा सांस्कृतिक झाँकीसहित शोभायात्रा, उद्घाटन समारोह, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, कविता वाचन प्रतियोगिता, लोकनृत्य प्रतियोगिता र मिथिला चित्रकला प्रतियोगिता, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, नाटकलगायत सांस्कृतिक कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन