सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संगठन विभागमा तीन सदस्य थप गर्ने सचिवालयको निर्णय

२०७६ असोज २९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी संगठन विभागमा ३ जना सदस्य थप गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान सम्पन्न सचिवालय बैठकले संगठन विभागको सदस्यमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गर्ने निर्णय गरेको प्रबक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

बैठकले आगामी मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनमा नेकपाको  तर्फबाट उम्मेदवार सिफारिस तथा टुंगो लगाउन १० कात्तिक भित्र प्रदेश तथा तल्लो तहका जिल्ला कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

यसरी टुंग्याइने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको हकमा सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीबाट सिफारिश गरि केन्द्रीय कमिटीले नाम टुंग्याउने प्रबक्ता नारायणकाजी श्रेष्ठले बताए ।

गाउँपालिका र नगरपालिकाको प्रमुख/उपप्रमुख र मेयर/उपमेयरको हकमा नगर कमिटीको सिफारिशमा प्रदेश कमिटीले उम्मेदवारको नाम टुंग्याउने बैठकले निर्णय गरेको छ ।

यसैगरी वडाको हकमा सम्बन्धित वडा कमिटीको सिफारिशमा जिल्ला कमिटीले उम्मेदवारको अन्तिम टुंगो लगाउने निर्णय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा अर्का अध्यक्ष प्रचण्ड, माधब कु नेपाल, झलनाथ खनाल, बामदेब गौतम लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेकपा एसको मेची-महाकाली अभियान असोज १४ देखि

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्छ : महामन्त्री शर्मा

लोसपा केन्द्रीय समितिले पायो पूर्णता

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल

ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु

लोसपाको शीर्ष नेताहरूको बैठक बस्दै

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज

माओवादी नेताहरुद्वारा म्याग्दीको डाँडागाउँमा श्रमदान गरेर सडक मर्मत

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ गते