सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

स्रष्टा तथा समाजसेवी सहायकरथी राणाको स्मृतिग्रन्थ लोकार्पण

२०८२ फागुण ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, फागुन ३ गते । स्रष्टा तथा समाजसेवी सहायक रथी इन्जिनियर ‘यज्ञविक्रम राणा स्मृति ग्रन्थ’ लोकार्पण भएको छ । यज्ञविक्रम राणा वाङ्मय प्रतिष्ठानद्वारा सर्जक यज्ञविक्रम राणाको १४ औँ स्मृति दिवस र १०२ औँ जन्मजयन्तीका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्राडा वासुदेव त्रिपाठी, डा. प्रेमसिंह बस्न्यात, शशिविक्रम राणा, प्राडा दयाराम श्रेष्ठलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।

यज्ञविक्रम राणाकी छोरी गीता बस्न्यातले पिताले जागिरे जीवन सँगसँगै सिर्जना, समाजसेवा, परिवारको मूली भएर निर्वाह गर्नुभएको भूमिकाका कारण बुवाप्रति समर्पित पुस्तक प्रकाशन गर्न परिवारलाई हौसला मिलेको बताउनुभयो । उहाँले उहाँहरूको कृतित्व, व्यक्तित्वको सुगन्ध घरको हरेक कुनामा मगमगाइरहेको विचार व्यक्त गर्नुभयो ।

प्राडा वासुदेव त्रिपाठीले हरेक सिर्जनशील व्यक्तित्व उहाँहरूले छोडेर गएको कृतिकै कारण अमर रहने बताउनुभयो ।  पुस्तकमार्फत सर्जक यज्ञविक्रम राणा सधैँका लागि चर्चामा रहिरहने आशा व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रयागराज वाशिष्ठले सो पुस्तकका सर्जक यज्ञविक्रम राणा र उहाँकी धर्मपत्नीले समाजका लागि पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो । उहाँले सो पुस्तक तयार गर्न सम्पादक एवं संयोजक यज्ञविक्रम राणाकी कान्छी छोरी बनिता राणा परिवारले दुई वर्षभन्दा लामो समयको खोज, सङ्कलन रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा डा. प्रेमसिंह बस्नेतले आफूले सैनिक सेवामा रहँदा सहायक रथी यज्ञविक्रम राणाको नेतृत्वमा गठन भएको नेपाली प्यारा कमान्डोमा रहेर सेवा गर्ने अवसर पाएको उल्लेख गर्नुभयो ।

त्यसै गरी अधिवक्ता हरि अर्यालले सर्जक यज्ञविक्रम राणाको पहलमा बानेश्वर क्षेत्रमा पुस्तकालयको स्थापना गर्ने, विभिन्न शैक्षिक गतिविधि गर्ने, पुस्तक प्रकाशन गर्नेलगायत पढ्न चाहनेलाई हौसला, सहयोग गर्ने र पुरस्कृत गर्ने स्वभावले सो क्षेत्रका बासिन्दा र परिवारभित्रका सदस्यले धेरै पढ्ने ऊर्जा प्राप्त गरेको स्मरण गर्नुभयो । सो पुस्तकमा सर्जक यज्ञविक्रम राणा र उहाँको बहुमुखी प्रतिभासहितको सक्रियताबारे उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन