सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महिला प्रहरी बलात्कारको अभियोगमा तालीम केन्द्रकै सई प्रहरी नियन्त्रणमा

२०७६ असोज २९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।

नेपालगन्जमा अवस्थित कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा कार्यरत सई बमबहादुर रानाले गत आइतबार राती प्रहरी जवानको तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई तालिम केन्द्र भित्रको ब्यारेकभित्रै बलात्कार गरेको उजुरी परेपछी जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार नियन्त्रणमा लिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके स्रोतका अनुसार पक्राउ परेका सई रानालाई थप अनुसन्धानको लागि जबर्जस्ति करणी मुद्दामा बाँके जिल्ला अदालतबाट मंगलबार सात दिनको म्याद थप गरिएको हो ।

यद्यपि कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक मसाउद आलम खाँ र बाँके प्रहरी प्रमुख एसपी बिरबहादुर ओलीले ती महिला प्रशिक्षार्थीका आमा बुबालाई समेत बोलाएर मिलापत्र गर्न दवाब दिएको स्रोतले बतायो ।

तालिम केन्द्रभित्रको उक्त बलात्कार काण्ड गुपचुप राख्ने र मिलापत्र गराउने एसएसपी खाँ र एसपी ओलीको दुस्प्रयास कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी पुर्णचन्द्र जोशीको निर्देशन पश्चात् असफल भएको प्रहरी स्रोतको भनाइ छ ।

घटनाको बिषयमा थाहा पाउने बित्तिकै डिआईजी जोशीले तालिम केन्द्रको कार्यक्षेत्र पर्ने जिल्ला प्रहरी कार्यालय बाँकेलाई घटनाको निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

आलेख– घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर