सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चन्द्रागिरि साहित्य सरोवरको ५१ औँ शृङ्खला सम्पन्न

२०८२ फागुण १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, फागुन १० गते । चन्द्रागिरि साहित्य सरोवर काठमाडौँको नियमित रचना वाचनको ५१ औँ शृङ्खला शनिबार तीनथानास्थित मुनाल क्लबको सभाहलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपीचन्द्र कार्कीको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. रमेश शुभेच्छु हुनुहुन्थ्यो ।

कार्यक्रममा संस्थाका तर्फबाट प्रमुख अतिथि डा. शुभेच्छुलाई सम्मानपत्र प्रदान गरिएको थियो । ५० औँ शृङ्खलामै समर्पण गर्ने तयारी गरिएको उक्त सम्मान सभाध्यक्ष कार्कीले हस्तान्तरण गर्नुभयो । कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य राख्दै अध्यक्ष कार्कीले डा. शुभेच्छुका प्रवचन सर्जकका लागि उत्प्रेरक हुने भएकाले उहाँलाई प्रमुख अतिथिका रूपमा चयन गरिएको बताउनुभयो ।

सो अवसरमा हरिशरण आचार्य, जगन्नाथ तिमल्सिना, खगेन्द्र दाहाल, राजु महत, भोला चालिसे, लक्ष्मणप्रसाद बस्याल, काशीराज सुवेदी, कृष्णबहादुर बस्नेत, सरिता पराजुली र तुलसीराम भण्डारीलगायतका कविले समसामयिक विषयमा कविता वाचन गर्नुभएको थियो ।

वाचित रचनामाथि समीक्षा गर्दै प्रमुख अतिथि डा. शुभेच्छुले वाचित कविता शास्त्रीय, लोक र मुक्त लयका ढाँचामा संरचित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विचारका दृष्टिले यी सिर्जना प्रेम–प्रणय, जीवनका भोगाइ, राष्ट्रियता र राजनीतिक चेतनाको केन्द्रमा रहेका छन् । यस्ता कार्यक्रम अनौपचारिक सिर्जना पाठशाला हुन्, जसको प्रभाव बिस्तारै समाजमा देखिँदै जान्छ ।”

सोही अवसरमा डा. शुभेच्छुले आफ्नो ‘माछा र कमिला’ शीर्षकको कविता वाचन गर्नुका साथै चन्द्रागिरि पुस्तकालयलाई केही पुस्तकसमेत उपहारस्वरूप प्रदान गर्नुभयो । काशीराज सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन