सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

क्याम्ब्रियन पट्रोलमा नेपाली सेनाले जित्यो स्वर्णपदक

२०७६ असोज २९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं :  बेलायतमा भएको अभ्यास  क्याम्ब्रियन पट्रोल २०१९ मा नेपाली सेनाले स्वर्णपदक जितेको छ ।

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २४ गतेबाट सञ्चालन भएको सैन्य अभ्यास प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाली सेनाको तर्फबाट  प्रमुख सेनानी अशिमदेव गुरुङको नेतृत्वमा १० जनाको सैनिक टोली  ६ असोजमा बेलायत प्रस्थान गरेको थियो।

नेपाली सेनामा विश्वस्तरीय सैन्य अभ्यास कठिन भौगोलिक इलाकामा सञ्चालन हुने गर्दछ । अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्यांकन विशेष रुपमा गरिन्छ।

सोहि अभ्यासमा बेलायती फौजबाट  १०६ र अन्य ३४ मुलुकका जम्मा १४० सैन्य टोलीको सहभागिता रहेको जनसम्पर्क निर्देशनालयले जनाएको छ।

नेपाली सेनाको श्री विशेष फौज बाहिनी, पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मको टोलीले अभ्यासमा सहभागीता जनाएको थियो।

नेपाली सेनाबाट पेशागत प्रतियोगिताको मर्यादा क्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्ति त्यस किसिमका अभ्यासमा सहभागी हुन पाँउछन् ।

बेलायतले सन् १९६० बाट अन्तर्राष्ट्रियस्तरको अभ्यास प्रतियोगितामा सञ्चालन गर्दै आएको छ । नेपाली सेनाले सन् २०१४ बाट उक्त प्रतियोगिताहरुमा भाग लिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

डेङ्गी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाल्नुभयो कार्यभार