सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विप्लवका कोशी ब्यूरो संयोजक पुष्कर सर्वोच्च गेटबाट पुनः पक्राउ

२०७६ असोज २९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कोशी ब्यूरो संयोजक एवं ब्यूरो सदस्यलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्धय अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त ईजलासले विप्लवका कोशी ब्यूरो संयोजक एवं काठमाडौं स्थित रेडियो मिर्मिरेका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य समेत रहेको घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई थुनामुक्त गर्ने आदेश दिएको हो ।

सर्वोच्चले घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई उनीमाथि लगाइएको संगठित अपराधको अभियोग पुष्टि हुन नसकेको भन्दै बुधबार साँझ रिहा गर्न आदेश दिएको थियो ।

‘पुष्कर’ रिहा भए लगत्तै सर्बोच्च अदालतको गेट बाट बुधबार साँझ पाँच बजे पुनः प्रहरीले पक्राउ गरी महानगरिय प्रहरी बृत सिंहदरबारमा राखेको प्रहरीले जनाएको छ ।

विप्लव समुहका नेता गत चैत १० गते आइतबार राति सुनसरी–मोरङ क्षेत्रबाट गिरफ्तारमा परेका थिए । उनीहरुलाई विभिन्न अभियोगमा अनुसन्धानका लागी भन्दै प्रहरीले करिब ६ महिना यता हिरासतमा राख्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रपतिद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी (विज्ञप्ती सहित)

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस)

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

विप्लव पुत्र प्रकाश विवाह बन्धनमा

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान