सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राप्ती ब्युरोको बैठकमा प्रहरीद्धारा छापा, विप्लवका दाजु विरजङ्ग सहित राप्ती ब्युरोका सदस्यहरु पक्राउ

२०७६ असोज ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रहरीले बिशेष सुराककीको आधारमा दाङबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २१ जना नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीको बिशेष टोलीले दाङको राजपुर–४ मुंग्रेटा खोला स्थित चुरे जंगलमा नेकपा राप्ती ब्यूरोको बैठक बसिरहेको बेला उनीहरूलाई बिहीबार बिहान १ बजे नियन्त्रणमा लिएको हो ।

प्रहरीको सर्च अप्रेसनका क्रममा बैठक स्थलमा घेरा हाली नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवका दाजु तत्कालिन पोलिटब्यूरो सदस्य एवं वर्तमान केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द बिरजंग), राप्ती ब्यूरो इन्चार्ज केशवबहादुर बाठा मगर (सुवास) लगायतलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा राप्ती ब्यूरो सदस्यहरू तिलक पुन, सबिन पोखरेल, दाङ इन्चार्ज यम बहादुर कटवाल, युवा संगठनका केन्द्रिय अध्यक्ष पाटन जंगली, बुद्धीजिवी संगठनका केन्द्रिय सुनिल पौडेल, विक्रम लगायत २१ जना नेताहरू रहेका छन् ।

नेकपा विप्लव पार्टी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा अधिकांश ब्यूरो तहका नेता रहेका छन् र बाँकीको नाम एकिन नभएको बताएको छ । प्रहरीले भने २१ जना गिरफ्तार गरिएको भनिएपनि ७ जना बाहेक अरूको नाम खुलाएको छैन ।

पक्राउ सम्बन्धी थप विवरण आँउन बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ