सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राप्ती ब्युरोको बैठकमा प्रहरीद्धारा छापा, विप्लवका दाजु विरजङ्ग सहित राप्ती ब्युरोका सदस्यहरु पक्राउ

२०७६ असोज ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रहरीले बिशेष सुराककीको आधारमा दाङबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २१ जना नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीको बिशेष टोलीले दाङको राजपुर–४ मुंग्रेटा खोला स्थित चुरे जंगलमा नेकपा राप्ती ब्यूरोको बैठक बसिरहेको बेला उनीहरूलाई बिहीबार बिहान १ बजे नियन्त्रणमा लिएको हो ।

प्रहरीको सर्च अप्रेसनका क्रममा बैठक स्थलमा घेरा हाली नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवका दाजु तत्कालिन पोलिटब्यूरो सदस्य एवं वर्तमान केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द बिरजंग), राप्ती ब्यूरो इन्चार्ज केशवबहादुर बाठा मगर (सुवास) लगायतलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा राप्ती ब्यूरो सदस्यहरू तिलक पुन, सबिन पोखरेल, दाङ इन्चार्ज यम बहादुर कटवाल, युवा संगठनका केन्द्रिय अध्यक्ष पाटन जंगली, बुद्धीजिवी संगठनका केन्द्रिय सुनिल पौडेल, विक्रम लगायत २१ जना नेताहरू रहेका छन् ।

नेकपा विप्लव पार्टी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा अधिकांश ब्यूरो तहका नेता रहेका छन् र बाँकीको नाम एकिन नभएको बताएको छ । प्रहरीले भने २१ जना गिरफ्तार गरिएको भनिएपनि ७ जना बाहेक अरूको नाम खुलाएको छैन ।

पक्राउ सम्बन्धी थप विवरण आँउन बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोली सार्वजनिक, को-को परे?

प्रधानमन्त्री दाहाल सात दिने चीन भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम (सूची)

आन्दोलनरत शिक्षकलाई गगन थापाको आग्रह– विधेयकमा संसद्‌बाटै परिमार्जन गरिनेछ, आन्दोलनको स्वरुप परिवर्तन गर्नोस्

सरकार र शिक्षकका प्रतिनिधीबीच गृहमन्त्रालयमा वार्ता जारी

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री स्टोरेबीच भेटघाट

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्री पेम्पोओबीच भेटघाट

राप्रपा नेपालकाे बिराेध प्रदर्शनबाट दर्जन नेता पक्राउ

महाधिवेशनमा आफूलाई साथ दिएको भए सफलता मिल्ने थियो : डा. शेखर

आयरल्याण्डमा सभामुख घिमिरेको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेट

संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

प्रधानमन्त्री दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता