सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई सर्वोच्चको आदेश

२०७६ असोज ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलाशले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न हुने वा नहुने ३ महिनाभित्र निर्णय गर्न सरकारलाई आदेश गरेको छ ।

सर्वोच्च अदालतले मधेस र थरुहट आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न न्यायाधीश गिरिशचन्द्रलाल आयोगको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा प्रष्ट पार्न सरकारलाई आदेश गरेको हो ।

अधिवक्ता शशीधर पाण्डेयले ०७५ साल भदौ ६ गते उक्त प्रतिवेदन सार्वजनिक गर्न गृह मन्त्रालय र सूचना आयोगको नाममा सर्वोच्च अदालतमा उत्प्रेषणको आदेश जारी गर्न माग गर्दै रिट निवेदन दर्ता गरेका थिए ।

उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले विहिबार सरकारका नाममा उक्त आदेश गरेको हो ।

छानविन आयोगले बनाएको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए पनि सरकारले सो प्रतिवेदन हालसम्म सार्वजनिक गरेको छैन ।

संसद तथा संसद बाहिर मधेशबादी दल समाजवादी पार्टी, नेपाल र राजपा नेपाल लगायतका दलहरुले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ: पूर्वमन्त्री साउद

विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ – गृहमन्त्री लेखक

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा विकास कार्ययोजनामाथि छलफल

राष्ट्रपतिसमक्ष मुस्लिम र थारू आयोगको वार्षिक प्रतिवेदन पेस

परराष्ट्रमन्त्री राणासँग रूसी राजदूत नोभिकको भेटवार्ता

अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको सदस्यमा जसपा नेपाल निर्वाचित

मेलम्चीबासीकाे घर–घरमै पुगेर पानीको अवरोध खुलाउन अनुरोध गर्छु: मन्त्री यादव

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता (सूची हेर्नुहोस्)

चीनसँग पनि विद्युत व्यापारका लागि कुराकानी भइरहेको छ: मन्त्री खड्का

लाभग्राहीहरुको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन