सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दण्डपाणि-नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार प्राडा आचार्यलाई

२०८२ चैत्र १६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं। अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीति लगायत नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयमा पुऱ्याएको योगदानको उच्च मूल्याङकन गरी यस वर्ष २०८२ को “दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार” प्रा.डा. जयराज आचार्यलाई प्रदान गरिएको छ।

यस अघिका वर्षहरूमा १७ जना राष्ट्रिय प्रतिभाहरूले यो पुरस्कार प्राप्त गरिसकेका छन्। दण्डपाणि अर्ज्याल स्कृतिकेन्द्रद्वारा काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा प्रमुख अतिथि काठमाडौ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. शुरेशराज शर्माले नगद पचास हजार रूपैयाँ पुरस्कार थैली र अभिनन्दन पत्र हस्तान्तरण गरेपछि प्रा.डा आचार्यलाई दोसल्ला ओढाई सम्मान गरेका थिए।

सो अवसरमा जयराजकाे ब्यक्तित्व उचा राख्न सहयोग गरेको भनी उनकी धर्मपत्नी उषा आचार्यलाई पनि दोसल्ला ओढाई सम्मान गरिएकाे थियाे।

पुरस्कृत व्यक्तित्व आचार्यले दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रबाट हालसम्म सम्मानित/पुरस्कृत व्यक्तिहरूको जीवनीलाई स्मृतिकेन्द्रकै मुखपत्र “ज्ञानविन्दु” पत्रिकामा जीवनी विशेषांकको रूपमा प्रकशित गर्नुपर्नेमा विशेष जोड दिनु भएका थिए।

प्रमुख अतिथि प्रा.डा. सुरेशराज शर्माले दण्डपाणि अर्याल स्मृतिकेन्द्रले प्रतिभा सम्मानका लागि उपयुक्त पात्र छान्ने परम्परालाई निरन्तरता दिएको भनी खुसी व्यक्त गरे। प्रा.डा. सुरेशराज शर्माले पनि १५ बर्ष पहिले यो पुरस्कार प्राप्त गरिसकेका छन्।

त्यसै गरी जयराज आचार्य विषयक परिचर्चा कार्यक्रम जुमका माध्यमबाट सम्पन्न भएको छ। अघिल्लो दिन सम्पन्न प्रतिभा सम्मान कार्यक्रमको भिडियो क्लिप प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय नेपाली समुदायका बीच सम्पन्न उक्त कार्यक्रममा सल्लाहकारहरु, कोष संस्थापकहरु- कवि हरिहर अर्याल तथा साहित्यकार राजेन्द्रप्रसाद अर्याल, अनेसास, बिओटिका अध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रिय अध्यक्ष- सर्वज्ञ वाग्ले, एनआरएनए अमेरिकाका उपाध्यक्ष- डा.गंगाधर आचार्य, अन्य कवि ,लेखक साहित्यकारहरु लगायत संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति थियो।

उपस्थित वक्ताहरुले जयराज आचार्य र दण्डपाणि अर्ज्यालको जीवनी व्यक्तित्व र कृतित्व वारे प्रकाश पार्दै स्मृतिकेन्द्रको सकारात्मक भूमिकाको प्रशंसा गरेका थिए। दुवै चरणको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष वरिष्ठ ईन्जिनियर ईश्वरचन्द्र बानियाले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव कपिल चन्द्र खनालले गरेका थिए।

गोरखामा वि.सं १९६३ मा जन्मिएका विद्वान् शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी स्वर्गीय दण्डपाणि अर्ज्याल इतिहास ,ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए भने नन्दकुमारी उनकी धर्मपत्नी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन