सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारी वकिल समक्ष बयान दिन आनाकानी गर्दै महरा

२०७६ कार्तिक १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यौन दुर्व्यबहारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयमा बयान दिन आनाकानी गरेका छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाको कारण देखाउँदै आनाकानी गरेको प्रहरी स्रोतले जनाएको छ ।

असोज १९ गते सिंहदरबार प्रहरी हिरासतमा रहेका महराको श्वासप्रश्वासमा समस्या देखिएपछी असोज २३ गते नर्भिक अन्तराष्ट्रिय अस्पताल थापाथलीमा भर्ना गरि उपचरारत रहेका छन् ।

महरा उपचाररत नर्भिक अस्पतालले पनि स्वास्थ्यको कारण देखाउँदै बयान लिन नमिल्ने पत्र प्रहरीलाई पठाइसकेको जनाएको छ । महराको शरीरमा सुगरको मात्रा घटेको छैन । त्यसैगरी अनिद्रा र तनाव पनि क्रमश बढेको नर्भिक अस्पतालले जनाएको छ ।

प्रहरीले उनलाई प्रारम्भिक सोधपुछ गरेपनि सरकारी वकिलको उपस्थितिमा थप बयान लिन समस्या भएको हो ।

काठमाण्डौ जिल्ला अदालतले पहिलो पटक दिएको म्याद शुक्रबार सकिंदैछ । महराले बयान दिन नमाने पनि प्रहरीले अन्य प्रमाण संकलन गरेर २५ दिनभित्र सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ । यद्दपी प्रहरीले म्याद थपका लागि महरालाई आइतबार पुनः जिल्ला अदालत काठमाडौं लैजानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान, यस्तो छ आजको कार्यक्रम तालिका

भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सरकार र आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता सुरु

कामपा र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

छोङछिङमा प्रधानमन्त्री प्रचण्ड

नेपाल–चीनबीच १३ बुँदे सम्झौता

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

विराटनगरको बिग होटेलमा कोशी प्रदेशको सुरक्षा बैठक बस्दै

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच भेटवार्ता

प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै