सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारी वकिल समक्ष बयान दिन आनाकानी गर्दै महरा

२०७६ कार्तिक १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यौन दुर्व्यबहारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयमा बयान दिन आनाकानी गरेका छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाको कारण देखाउँदै आनाकानी गरेको प्रहरी स्रोतले जनाएको छ ।

असोज १९ गते सिंहदरबार प्रहरी हिरासतमा रहेका महराको श्वासप्रश्वासमा समस्या देखिएपछी असोज २३ गते नर्भिक अन्तराष्ट्रिय अस्पताल थापाथलीमा भर्ना गरि उपचरारत रहेका छन् ।

महरा उपचाररत नर्भिक अस्पतालले पनि स्वास्थ्यको कारण देखाउँदै बयान लिन नमिल्ने पत्र प्रहरीलाई पठाइसकेको जनाएको छ । महराको शरीरमा सुगरको मात्रा घटेको छैन । त्यसैगरी अनिद्रा र तनाव पनि क्रमश बढेको नर्भिक अस्पतालले जनाएको छ ।

प्रहरीले उनलाई प्रारम्भिक सोधपुछ गरेपनि सरकारी वकिलको उपस्थितिमा थप बयान लिन समस्या भएको हो ।

काठमाण्डौ जिल्ला अदालतले पहिलो पटक दिएको म्याद शुक्रबार सकिंदैछ । महराले बयान दिन नमाने पनि प्रहरीले अन्य प्रमाण संकलन गरेर २५ दिनभित्र सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ । यद्दपी प्रहरीले म्याद थपका लागि महरालाई आइतबार पुनः जिल्ला अदालत काठमाडौं लैजानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो