सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा

२०८२ चैत्र २६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषा, २६ चैतः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बताउनुभएको छ ।

आज जनकपुरधाममा आयोजित कांग्रेसको मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उहाँले पार्टीभित्र शुद्धिकरण अभियान सञ्चालन गरिने र कम सङ्ख्यामा भए पनि जिम्मेवार कार्यकर्ताको बलमा सङ्गठन सुदृढ बनाइने बताउनुभयो । सभापति थापाले भन्नुभयो, “अब सङ्ख्या वा क्रियाशील सदस्यको भीड होइन, निष्ठावान् कार्यकर्ताको आवश्यकता छ । पार्टीले सोहीअनुसार नीति बनाएर अगाडि बढ्छ ।”

उहाँले वैशाख १ गतेदेखि क्रियाशील सदस्यताको अध्यावधिक प्रक्रिया सुरु गरिने जानकारी दिँदै त्यसपछि देशव्यापी रूपमा शुद्धिकरण अभियान अघि बढाइने उल्लेख गर्नुभयो । समस्याको बेला पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए पनि सङ्गठन थप चलायमान हुने सभापति थापाको भनाइ थियो ।

उहाँले भन्नुभयो, “पार्टीलाई एकताबद्ध, अनुशासित र नीति–सिद्धान्तमा आधारित बनाउँदै देशभर नयाँ ऊर्जा सिर्जना गरिने छ । कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ ।”

सभापति थापाले प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा आवश्यक रहेको उल्लेख गर्दै वर्तमान अवस्था कांग्रेसको इतिहासमै चुनौतीपूर्ण रहेको र यसबाट सिक्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले १५औँ महाधिवेशन सफल बनाउने जिम्मेवारी आफूले लिने पनि बताउनुभयो ।

सहमहामन्त्री फरमुल्ला मन्सुरको अध्यक्षता भएको कार्यक्रममा मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्रीहरू डिला सङ्ग्रौला, मुक्ता यादवलगायत प्रदेशका आठै जिल्लाका प्रतिनिधि नेता तथा कार्यकर्ताको सहभागितामा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

रास्वपाको सचिवालय बैठक बस्दै

एमालेद्धारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ: सभापति थापा

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली

रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित

श्रम संस्कृति पार्टीमा सुदन किरातीको इन्ट्री, उपाध्यक्षसहित १५ केन्द्रीय सदस्य पाउने सहमति