सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अबदेखि निवृत्तिभरण सेवा घरबाटै लिन सकिने

२०८२ चैत्र २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २७ चैत : सरकारी सेवा प्रवाहलाई थप सरल, सहज, नागरिकमैत्री र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विकास गरिएको निवृत्तिभरण प्रमाणीकरणसम्बन्धी स्वचालित प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले महालेखा नियन्त्रक कार्यालयद्वारा तयार गरिएको ‘ई–पेन्सन प्रमाणीकरण प्रणाली’ को शुभारम्भ गर्नुभएको हो । यस प्रणालीमार्फत सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी, निजामती, शिक्षक, नेपाली सेना तथा प्रहरीले अब घरमै बसेर आफ्नो निवृत्तिभरणसम्बन्धी सेवा लिन सक्ने भएका छन् । सेवाग्राहीले निवृत्तिभरण व्यवस्थापन कार्यालयको वेबसाइटमार्फत उपलब्ध सेवा प्रयोग गर्न सक्ने जनाइएको छ ।

सो प्रणालीअन्तर्गत सेवाग्राहीले आफ्नो विवरण प्रमाणीकरण गर्न, निवृत्तिभरणसम्बन्धी जानकारी लिन तथा आवश्यक प्रक्रिया पूरा गर्न अनलाइन माध्यम प्रयोग गर्न सक्नेछन् । सेवा प्रयोगमा कुनै जिज्ञासा वा अस्पष्टता भएमा प्रणालीमै उपलब्ध भिडियो मार्गदर्शन हेर्न सकिने व्यवस्था गरिएको महालेखा नियन्त्रक कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि सेवा निवृत्त कर्मचारीहरूले प्रत्येक वर्ष आफूले निवृत्तिभरण लिइरहेको पुष्टि गर्न बैंकमा उपस्थित हुनैपर्ने बाध्यता थियो । त्यसैगरी, निवृत्तिभरण खाता खोल्न वा बैंक छनोट गर्न निवृत्तभरण व्यवस्थापन कार्यालय धाउनुपर्ने अवस्थासमेत हटेको छ । अब सेवाग्राहीले आफूलाई पायक पर्ने बैंक छानेर सेवा लिन सक्नेछन् ।

अर्थमन्त्री वाग्लेले प्रणाली शुभारम्भ गर्दै करिब साढे तीन लाख निवृत्तिभरण लिने सेवाग्राहीको झन्झट अन्त्य भएको बताउनुभयो । उहाँका अनुसार यसबाट निवृत्तिभरण नवीकरण र बैंक छनोटसम्बन्धी जटिल प्रक्रिया हट्नेछ भने सरकारले तिर्नुपर्ने बैंक कमिसनसमेत घटेर शून्य नजिक पुग्ने अपेक्षा गरिएको छ ।

हालसम्म निवृत्तिभरण व्यवस्थापनमा करिब तीन लाख ५२ हजार ८१६ सेवाग्राही आबद्ध छन्, जसमा निष्क्रिय सेवाग्राहीसमेत समावेश छन् । प्रणाली कार्यान्वयनपछि वार्षिक रूपमा बैंकलाई तिर्नुपर्ने करिब १५ करोड रुपैयाँ बराबरको कमिसन भार घट्ने, नगद प्रवाह अनुमानयोग्य हुने र सरकारी ढुकुटीमा पर्ने चाप व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’