सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

२०८२ चैत्र २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लेखनाथ (कास्की), २७ चैत : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र अनुशासनको खाँचो भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखाको व्यवस्थापनमा आज पोखरामा आयोजित ‘निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एक वर्षपछिको स्थानीय र प्रदेश निर्वाचनलाई ध्यान दिँदै कठिन मेहनत गर्नुपर्ने छ ।”

संसारभरि ‘पपुलिजम’ र नयाँ मिडियाका कारण पुराना राजनीतिक पार्टी अप्ठ्यारोमा परेको बताउँदै उहाँले सबैतिर राजनीतिक र आर्थिक उदारवाद आवश्यक देखिएको उल्लेख गर्नुभयो ।

त्यसैगरी उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन भएकै कारण विधि मिच्यो भनेर अदालतमा जानुको कुनै औचित्य नभएको बताउँदै अब एक ढिक्का भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा चिन्तन गर्न नेताहरु लाग्नुपर्नेमा जोड दिनुभयो । थापाको नेतृत्वलाई अगाडि बढाउँदै कांग्रेसले आफ्नो कार्ययोजना अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

महामन्त्री प्रदीप पौडेलले निर्वाचनको परिणामलाई समीक्षा गर्दै सच्चिएर जाने मौका मिलेको बताउनुभयो । उहाँले पार्टीभित्र सुधार गर्नुपर्ने विषय खोज्नु पर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

रास्वपाको सचिवालय बैठक बस्दै

एमालेद्धारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ: सभापति थापा

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली

रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित

श्रम संस्कृति पार्टीमा सुदन किरातीको इन्ट्री, उपाध्यक्षसहित १५ केन्द्रीय सदस्य पाउने सहमति