सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे

२०८२ चैत्र २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २८ चैतः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा देशका लागि आवश्यक भएको बताउनुुभएको छ ।

गण्डकी विश्वविद्यालयको आज आयोजित प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले वैज्ञानिक अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा प्रणालीले मात्र देशको आर्थिक विकासमा योगदान पु¥याउन सक्ने बताउनुुभयो । उहाँले शिक्षा प्रणाली रोजगारी सिर्जना गर्ने उद्योग–व्यवसायसँग जोडिने किसिमको हुनुपर्नेमा जोड दिँदै उच्च शिक्षा पूरा गरेपछि ठूलो सङ्ख्यामा युवा विदेशिने प्रवृत्ति बढ्दो चिन्ताको विषय भएको बताउनुुभयो ।

शिक्षाविद् प्राडा केदारभक्त माथेमाले बदलिँदो विश्व परिवेशअनुसार शिक्षाको स्वरूप परिवर्तन गर्नुपर्नेमा जोड दिनुुभयो । बजारमुखी, अनुसन्धानमुखी तथा कृत्रिम बौद्धिकतासँग सम्बन्धित विषयलाई पाठ्यक्रममा समेट्नुपनेमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरूलाई केवल जानकारी नभइ सोच्ने, विश्लेषण गर्ने र समाधान निकाल्ने क्षमताको विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुुभयो ।

विश्वविद्यालयका कुलपति इन्द्रप्रसाद तिवारीले विश्वविद्यालयलाई अनुसन्धानमुखी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । अनुसन्धान केन्द्रको विस्तार, सरकारी निकायसँग सहकार्य र समुदायस्तरमा आधारित अध्ययन–अनुसन्धानलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुुभयो ।

विश्वविद्यालय न्यासिक परिषद्का अध्यक्ष कैलाशनाथ प्याकुरेलले विश्वविद्यालय अब भौतिक संरचना निर्माणबाट अघि बढ्दै गुणस्तरीय शिक्षा र संस्थागत सुदृढीकरणतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

समारोहमा स्नातक तहमा सबैभन्दा उच्च सीजीपीए प्राप्त गर्ने गौरव भण्डारीले कुलपति पदक प्राप्त गर्नुभएको छ । त्यसैगरी गौरव भण्डारी, मलिनकुमार रोका र क्याटरिना बस्नेतले उपकुलपति पदक प्राप्त गर्नुभएको छ ।

दीक्षान्त समारोहमा खेलकुद व्यवस्थापनतर्फ ११ जना, सूचना प्रविधितर्फ १८ र औषधि विज्ञानतर्फ १५ गरी कुल ४४ विद्यार्थी दीक्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’