सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

२०८२ चैत्र २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २८ चैतः जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएको हो ।

अभियानअन्तर्गत शुक्रबार मात्रै दश जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, गत बिहीबार चेक अनादर कसुरमा नौ जना र मङ्गलबार चेक अनादर र चोरी मुद्दामा गरी छ जना फरार प्रतिवादी पक्राउ परेका थिए । शुक्रबार पक्राउ परेकामध्ये चेक अनादर कुसरमा सात, बैंकिङ कसुरमा एक जना र केही सार्वजनिक कसुरमा एक जना रहेको बस्नेतले बताउनुभयो । पक्राउ परेकाबाट सात दिन कैद सजाय र रु १४ लाख २९ हजार २०० जरिवाना असूल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको उहाँले जानकारी दिनुभयो ।

गत मङ्लबार पक्राउ पर्नेमा चेक अनादर मुद्दाका पाँच र चोरी मुद्दाका एक फरार प्रतिवादीबाट एक वर्ष कैद र रु १६ हजार रुपैयाँ जरिवाना असुल उपर हुने जनाइएको छ । चेक अनादर कुसरमा गत बिहीबार पक्राउ परेका नौ जनाबाट सात दिन कैद सजाय र रु ६४ हजार ८०० जरिवाना असुल हुनेगरी जिल्ला अदालतमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन

गोठाटारस्थित नागेश्वर मन्दिरमा चोरी

लागुऔषधसहित १७ जना पक्राउ

लागुऔषध बेच्न नेपालगन्ज आएका दुई भारतीय पक्राउ

महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

पर्साबाट लागूऔषधसहित २ व्यक्ति नियन्त्रणमा

सप्तरीमा १४ जना प्रतिवादी पक्राउ

भारतीय छ लाखसहित दुई पक्राउ

घुस लिएको अभियोगमा मुद्दा दायर