सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आइतबार बिदा दिँदा विद्यार्थीको कोर्स पूरा नहुने जोखिम

२०८२ चैत्र २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ — सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि तोकिएको शैक्षिक सत्रभित्र विद्यालयदेखि विश्वविद्यालयका कोर्स पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने बहस सुरु भएको छ । खाडी युद्धका कारण पेट्रोलियम इन्धनको संकटको कारण देखाउँदै २२ चैतको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थाहरू शनिबार र आइतबार गरी दुई दिन बन्द गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा शिक्षा मन्त्रालयले शिक्षण संस्थामा सातामा दुई दिन बिदा दिने, १५ वैशाखदेखि मात्र विद्यार्थी भर्ना गर्ने, २१ वैशाखदेखि कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारको निर्णयले विद्यालयदेखि विश्वविद्यालयसम्मको पठनपाठनमा असर पुग्ने भन्दै सरोकारवाला र विज्ञहरूले चिन्ता प्रकट गरेका छन् । उनीहरूले दुई दिन बिदा दिँदा कक्षा सञ्चालन हुने अवधि घटेर कोर्स पूरा नहुने जोखिमसमेत औंल्याएका छन् । पाठ्यक्रमको भार घटाउनुपर्ने वा शिक्षणको अवधि थप गर्न उनीहरूको सुझाव छ ।

सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने भनिए पनि सरकारले शैक्षिक संस्थाको हकमा अवधि थप गरेको छैन । मन्त्रालयले थप भएको सार्वजनिक बिदाअनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न भनेको छ । सोही निर्णयका आधारमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पनि स्थानीय तह र विद्यालयलाई परिवर्तित शैक्षिक सत्र र सार्वजनिक बिदाअनुसार शैक्षिक कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतमले आइतबार पनि बिदा दिँदा कोर्स पूरा गर्न नसकिने जनाए । पाठ्यक्रम समायोजन वा कक्षा सञ्चालनको अवधि थप गर्नुको विकल्प नरहेको उनको भनाइ छ । ‘देशभरबाट प्रधानाध्यापकहरूले सातामा ५ दिन मात्र कक्षा चलाएर कोर्स पूरा गर्न नसकिने गुनासो गर्नुभएको छ,’ उनले भने, ‘मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रसँग छलफलमा छौं ।’ सार्वजनिक बिदा थप हुँदा विद्यार्थीको सिकाइ अवधि घट्नेमा उनले चिन्ता प्रकट गरे । ‘सातामा ५ दिनको शिक्षण समयले कोर्स पूरा गर्ने कुरा जोखिमपूर्ण छ । शुक्रबार पूरा दिन पठनपाठन गर्ने, दैनिक केही मिनेट थप गरेर पठनपाठन गर्ने विकल्पमा छलफल गर्नुपर्छ,’ गौतमले भने ।

साताको दुई दिन सार्वजनिक बिदाको क्षतिपूर्ति विद्यार्थीले पाउनुपर्ने उनको धारणा छ । ‘एक्कासि बिदाको सूचना आयो । कोर्स पूरा गर्न के गर्न सकिन्छ । छलफल हुन नै सकेन । आन्तरिक मूल्याङ्कन, स्थानीय तहसँगको समन्वय कसरी हुन्छ । विद्यालय र शिक्षकको सक्रियता कस्तो हुने एकिन हुन सकेको छैन । यसले समस्या पार्छ कि जस्तो छ,’ उनले भने । साप्ताहिक ५ दिन मात्र कक्षा सञ्चालन गर्दा पाठ्यक्रम कार्यान्वयनका विषयमा देशभर एकरूपता हुने गरी नीति र कार्यविधि आवश्यक रहेको गौतमले जनाए । कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कार्यबोझमा ट्राफिक प्रहरी: सडकमा एक जनाको भागमा १२७० सवारीसाधन, १२ घण्टासम्म ड्युटी

बालेन-सुशीला सम्बन्धमा दरार

सय कार्यसूची परिवर्तनको अनुभूति

बजेटमा कस्तो देखिएला ‘स्वर्णिम-बालेन जादु’ ?

आधार शिविरमा सानो बजार

कार्यपालिका र न्यायपालिका आमने–सामने हुने संकेत

‘सेटिङ’ भत्कियो कि नयाँ विवाद जन्मियो ?

मनसुन अवधिमा खडेरीको जोखिम

शर्मा प्रधानन्यायाधीश सिफारिशपछि सर्वोच्चमा न्यायाधीशबीच खटपट

एकता प्रयास निष्कर्षविहीन

पुर्जाविहीन रास्वपा सांसदका घर, भत्किनेमा छैन डर

सवारी विद्युतीय बनाउन छैन मापदण्ड