सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’

२०८२ चैत्र २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,२९ चैतः सरकारले बहुपक्षीयताप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको बताएको छ । न्युयोर्कमा अन्तरराष्ट्रिय समुदायसमक्ष नेपालले बहुपक्षीयता र अन्तरराष्ट्रिय ऐक्यबद्धताप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको हो ।

संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले आज उक्त विश्व संस्थाको मुख्यालयमा २६३औँ नेपाली सेना दिवस तथा राष्ट्रसङ्घीय शान्तिसेनामार्फत द्वन्द्वग्रस्त विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनामा ६८ वर्षदेखि निरन्तर योगदान गरेको सन्दर्भमा आयोजना गरेको विशेष स्वागत समारोहमा नेपालले राष्ट्रसङ्घलाई केन्द्रमा राखेर वर्तमान विश्वले झेलेका चुनौती बहुपक्षीयताको प्रवर्दनबाट सामाना गर्न सकिने बताएको हो ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपाली सेनाको गौरवशाली इतिहासबारे जानकारी दिनुभएको उक्त नियोगले जनाएको छ । नेपाली सैनिकको सेवा, बलिदान र व्यावसायिकताबाट परिचित उक्त राष्ट्रिय संस्थाले राष्ट्रिय अखण्डताको रक्षा गर्नुका साथै विश्व शान्ति र सुरक्षाका खातिर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राजदूत थापाले बताउनुभयो ।

हालसम्म एक लाख ६० हजारभन्दा बढी नेपाली शान्ति सैनिकले विभिन्न राष्ट्रसङ्घीय ‘मिसन’मा सेवा गरिसकेको उल्लेख गर्दै नेपालले बहुपक्षीयता र अन्तरराष्ट्रिय ऐक्यबद्धताप्रति आफ्नो दृढ प्रतिबद्धता निरन्तर प्रदर्शन गर्दै आएको उहाँले बताउनुभयो ।

राष्ट्रसङ्घका उपमहासचिव जिन पियर लाक्रोँले नेपाली शान्ति सैनिकको समर्पण र व्यावसायिकताको प्रशंसा गर्दै उनीहरूको योगदानप्रति आभार व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, सैन्य तथा प्रहरी सल्लाहकार, राष्ट्रसङ्घका उच्चअधिकारी, नेपालका मित्र तथा पूर्वसैनिक अधिकारीहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध