सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी

२०७६ कार्तिक १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत काठमाडौंमा बिहीबार सम्पन्न निर्वाचन मतपरिणाम अनुसार प्रत्यासी कुल आचार्यलाई १ सय ४७ मतको अन्तरले पराजित गर्दै कुमार पन्त अध्यक्षमा विजयी भएका छन् ।

अध्यक्षमा पन्तले १ हजार २ सय १७ मत प्राप्त गरेका छन् भने आचार्यले १ हजार ७० मत प्राप्त गरेका छन् । करिब २ हजार ५ सय कुल मतदाता रहेका मध्य जम्मा २ हजार ३ सय ४४ मतमात्र खसेको थियो ।

यसैगरी  पाँचजना उपाध्यक्षहरुमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा,  मन केसी  र  रविना थापा निर्वाचित भएका छन् ।

महासचिवमा पनि पन्त समुहकै डा. हेमराज शर्मा बिजय भएका छन् । यसैगरी सचिवद्वयमा गौरी जोशी र  आरके शर्मा तथा कोषाध्यक्षमा महेश श्रेष्ठ र सह-कोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् ।

मतपरिणामको पूर्ण बिवरणः

मतपरिणामको पूर्ण बिवरणः

१.  अध्यक्ष कुमार पन्त (जर्मनी) १२१७ मत (कुल आचार्य १०७०मत प्राप्त)

२.  उपाध्यक्ष रविना थापा (अमेरिका)  महिला १२३२ मत, अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) १०२६ मत, सोनाम लामा (अमेरिका) ८९८ मत, डा. बद्री केसी (रूस) ११६३ मत, मन केसी (अष्ट्रेलिया)  ९६१ मत

३.  महासचिव डा. हेमराज शर्मा (बेलायत) ११३९ मत

४.  सचिव गौरी राज जोशी (अमेरिका) ९१६ मत र  आर . के शर्मा ( कतार ) ८६४ मत

 ५.  कोषाध्यक्ष महेशकुमार श्रेष्ठ (जापान)  १६५३ मत

 ६.  सहकोषाध्यक्ष लोकप्रसाद दाहाल (बेल्जियम) ११८४ मत

 ७.  महिला संयोजक भोमा लिम्बू (अष्ट्रेलिया) ७०२ मत

८.  युवा संयोजक हिमाल गुरुङ ७६८ मत

९.  क्षेत्रीय संयोजक (एसिया प्रन्त) गोबिन्द श्रेष्ठ २१७ मत

१०. क्षेत्रीय उप संयोजक (एसिया प्रन्त) खगेन्द्र न्यैपाने १९८ मत र पारसमणि पोखरेल १९५ मत

यसैगरी निर्विरोध निर्वाचित हुनेहरूमा युरोपबाट क्षेत्रीय युवा संयोजकमा टंककुमार ठाकुर,  युरोपबाट नै क्षेत्रीय महिला संयोजक कुमारी योगीता थापा, क्षेत्रीय युवा संयोजक ओसेनियाबाट जानकी पौडेल, क्षेत्रीय युवा संयोजक मध्यपूर्व बाट राजु रेग्मी निर्वाचित भएका छन् ।

क्षेत्रीय महिला संयोजक मध्यपूर्व सुमित्रादेवी पौडेल, क्षेत्रीय उपसंयोजक मध्यपूर्वबाट राजेन्द्र अर्याल र  मनोजकुमार श्रेष्ठ, क्षेत्रीय संयोजक  मध्यपूर्वबाट प्रविन गुरुङ, क्षेत्रीय युवा संयोजक अमेरिकाज्बाट विमल सापकोटा, क्षेत्रीय महिला संयोजक अफ्रिकाबाट मनकला विष्ट र क्षेत्रीय संयोजक अफ्रिकाबाट रोशन थापा निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड