सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

वरिष्ठ साहित्यकार विनोदीलाई ‘गोरखा सर्जक सम्मान’

२०८३ बैसाख ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ४ वैशाख : वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान गरिएको छ । गोरखा सर्जक समाजको आठौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार विनोदीलाई रु १५ हजार ११५ नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

सम्मानित विनोदीले प्राध्यापनसँगै कविता लेखन, खण्डकाव्य, महाकाव्य, बालसाहित्यको क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । उहाँलाई त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमाले सम्मान गर्नुभयो ।

पूर्वउपकुलपति माथेमाले गोरखाको भाषा, साहित्य, धर्म, संस्कृतिको प्रवर्द्धनमा गोरखा सर्जक समाजले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । नेपाली साहित्यलाई अगाडि बढाउन गोरखाका सर्जकले खेलेको भूमिका अतुलनीय रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष स्व तुलसीप्रसाद न्यौपानेलाई  मरणोपरान्त सम्मान गरिएको छ । उहाँलाई ताम्रपत्रद्वारा सम्मान गरिएको हो । विसं २०७५ मा स्थापना भएको गोरखा सर्जक समाजले वार्षिक रूपमा ‘गोरखा’ गौरव वार्षिक मुखपत्र प्रकाशन गर्दै आएको समाजका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिनुभयो । गोरखा गौरवभित्र साहित्य, अनुसन्धान र विचारहरू समेटिएका छन् ।

कार्यक्रममा समाजका अध्यक्ष अधिकारीद्वारा लिखित हाइकु सङ्ग्रह ‘झिल्का’ र समाजका महासचिव बुद्धिराज पाण्डेद्वारा लिखित ‘नियात्रा सङ्ग्रह’ विमोचन गरिएको थियो । विसं २०८१ को स्रष्टा सम्मान साहित्यकार मुना अर्याल धिताल र  दयाराम अर्याललाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन