
काठमाण्डौं : राजधानीमा शक्रबारदेखी घरेलु महिलाहरूद्धारा उत्पादित वस्तुहरुको प्रदर्शनी मेला सुरु भएको छ ।
Business And Professional Women (BPW) Kathmandu, Women Association For Training And Service (WATS), Women Empowerment Group (WEG) को संयुक्त आयोजनामा उक्त मेलाको आयोजना गरिएको हो ।
प्रत्येक बर्ष घरेलु महिलाहरूको सीप, क्षमता तथा दक्षतालाई प्रदर्शन, प्रवर्धन गर्ने उदेश्यले तिन दिने प्रदर्शनी मेला सुरु भएको हो ।
काठमाण्डौको त्रिपुरेश्वरस्थित ईभेन्ट्स भेन्युमा शुरु भएको मेलाको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले उद्धघाटन गरेकी हुन् ।
उक्त प्रदर्शनी ३ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।