सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

डा खड्काको ‘म बनाउँछु मेरो देश’ विमोचन

२०८३ बैसाख १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, १२ वैशाख : मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा विष्णुकुमार खड्काको कविता सङ्ग्रह ‘म बनाउँछु मेरो देश’ विमोचन गरिएको छ ।

विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’का अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा उक्त कृतिको विमोचन गरिएको हो । नेपाल सरकारका निवर्तमान वन तथा वातावरणमन्त्री माधव चौलागाईं, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

विमोचन कार्यक्रममा लेखक तथा निवर्तमान मन्त्री चौलागाईंले उक्त कृतिले समकालीन समाज, राष्ट्रनिर्माण र युवापुस्ताको चेतनालाई अभिव्यक्त गरेको बताउनुभयो । उपकुलपति प्रा डा गौतमले साहित्य समाज परिवर्तनको सशक्त माध्यम भएको उल्लेख गर्दै खड्काको कृतिले सकारात्मक सोच, राष्ट्रिय भावनाको विकास तथा सिर्जनशीलताको प्रवद्र्धनमा टेवा पुर्‍याउने जनाउनुभयो ।

कवि डा खड्काले आफ्नो कृतिबारे प्रकाश पार्दै देशप्रतिको जिम्मेवारी बोध र सिर्जनात्मक अभिव्यक्तिलाई केन्द्रमा राखेर कविता सङ्ग्रह तयार पारिएको बताउनुभयो । उहाँले साहित्यमार्फत समाजमा सकारात्मक ऊर्जा प्रवाहका निम्ति आफ्नो प्रयास निरन्तर रहिरहने धारणा व्यक्त गर्नुभयो ।

विमोचन कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा पन्ना थापा, रजिस्टार प्रा डा शोभाखर कँडेल, भाषा, साहित्य र कला, संस्कृतिका विद्वानद्वय प्रा डा जीवेन्द्रदेव गिरी, प्रा डा रामप्रसाद भट्टराईलगायत प्राज्ञ, लेखक तथा अध्येताहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन