सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निर्वाचन आयोगद्धारा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

२०७६ कार्तिक १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आगामी मंसिर १४ गतेका लागी तय भएको उपनिर्वाचनको लागि निर्वाचन आयोगले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा ५२ पद रिक्त छन् । जसमध्य प्रतिनिधिसभा सदस्य १ जना, प्रदेश सभा सदस्य ३ जना र स्थानीय तहका जनप्रतिनिधि ४८ जना जनप्रतिनिधी चयनका लागि निर्वाचन हुन लागेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेश सभाको हकमा कार्तिक २१ गते उम्मेद्वारको मनोनयन दर्ताको मिति तोकिएको छ ।

यसैगरी आयोगले कार्तिक २१ गते उम्मेद्वारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वारको विरोधमा उजुरी दिने समय निर्धाण गरेको जनाएको छ ।

यसैगरी कार्तिक २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने तथा उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगको चुनावी कार्यतालिका रहेको छ ।

कार्तिक २४ गते उम्मेद्वारले नाम फिर्ता लिने र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले विज्ञप्ती मार्फत जनाएको छ ।

यसैगरी कार्तिक २५ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

त्यस्तै आयोगले स्थानीय तहका लागि कार्तिक २७ गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने, उम्मेद्वारको सूची प्रकाशन गर्ने, २८ गते उम्मेद्वारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको आयोगले जानकारी दिएको छ ।

त्यस्तै २९ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरिने, मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यक्रम तोकिएको छ । आयोगका अनुसार ३० गते नै उम्मेद्वारले नाम फिर्ता लिने र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

यसैगरी आयोगले मंसिर १ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ । आयोगले मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मंसिर १४ गते तीनै तह गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हाम्रा कमजोरीका कारण लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम भयाे : राष्ट्रपति

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल

संविधान दिवसमा राष्ट्रपतिबाट पाए ६७० जनाले कैद माफी

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

हरितालिका तीज पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल

चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता (पूर्णपाठ)

अमेरिका भ्रमणका बारे राष्ट्रपतिलाई गराए प्रधानमन्त्रीले जानकारी

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत

जलवायु परिवर्तनबाट सिर्जित समस्या उपयुक्त नीतिमार्फत समाधान गर्नुपर्छ: प्रधानमन्त्री

अमेरिका जानु अघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री