सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निर्वाचन आयोगद्धारा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

२०७६ कार्तिक १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आगामी मंसिर १४ गतेका लागी तय भएको उपनिर्वाचनको लागि निर्वाचन आयोगले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा ५२ पद रिक्त छन् । जसमध्य प्रतिनिधिसभा सदस्य १ जना, प्रदेश सभा सदस्य ३ जना र स्थानीय तहका जनप्रतिनिधि ४८ जना जनप्रतिनिधी चयनका लागि निर्वाचन हुन लागेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेश सभाको हकमा कार्तिक २१ गते उम्मेद्वारको मनोनयन दर्ताको मिति तोकिएको छ ।

यसैगरी आयोगले कार्तिक २१ गते उम्मेद्वारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वारको विरोधमा उजुरी दिने समय निर्धाण गरेको जनाएको छ ।

यसैगरी कार्तिक २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने तथा उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगको चुनावी कार्यतालिका रहेको छ ।

कार्तिक २४ गते उम्मेद्वारले नाम फिर्ता लिने र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले विज्ञप्ती मार्फत जनाएको छ ।

यसैगरी कार्तिक २५ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

त्यस्तै आयोगले स्थानीय तहका लागि कार्तिक २७ गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने, उम्मेद्वारको सूची प्रकाशन गर्ने, २८ गते उम्मेद्वारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको आयोगले जानकारी दिएको छ ।

त्यस्तै २९ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरिने, मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यक्रम तोकिएको छ । आयोगका अनुसार ३० गते नै उम्मेद्वारले नाम फिर्ता लिने र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

यसैगरी आयोगले मंसिर १ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ । आयोगले मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मंसिर १४ गते तीनै तह गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा