काठमाण्डौः उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्तमा परेका छन् ।
बिहीबार बसेको न्याय परिषदको बैठकले पद अनुकूलको आचरण गरेको नदेखिएको भन्दै शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
न्यायाधीश शाहीले क्षेत्राधिकार मिचेर कर सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिएको सुनुवाइ आरोप लगाइएको छ ।
न्याय परिषदको बैठकले गरेका निर्णयलाइ अनुमोदनको लागी शाहीलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरिएको बताइएको छ ।
हेटौंडा उच्च अदालतको क्षेत्राधिकार मिचेर कर सम्बन्धी एक रिटमा अन्तरिम आदेश दिएको आरोपमा शाहीसहित तीन जना न्यायाधीशमाथि छानबिनका लागि सर्वोच्च अदालतले परिषदमा पठाएको थियो।