सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता

२०८३ बैसाख १७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १७ गते । सरकारले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काबीच बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव गरिएको हो ।

भेटमा शिक्षामन्त्रीले नेपाल र फिनल्यान्डबीच सदैव सुखद र असल सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले सरकारको प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउँदै शिक्षा क्षेत्रमा प्राप्त सहयोगको सराहना गर्नुभयो । मन्त्रीले आगामी दिनमा पनि नेपालको शिक्षा लगायतका क्षेत्रमा फिनल्यान्डको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।

भेटका क्रममा द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र शिक्षा क्षेत्रमा फराकिलो साझेदारी अभिवृद्धिलगायतका विषयमा गहन छलफल भएको थियो । सो अवसरमा राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगलाई आगामी पाँच वर्षसम्म निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । हाल फिनल्यान्डको सहयोगमा नेपालमा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेसन’ परियोजना सञ्चालित छन् ।

नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति लिएको सन्दर्भमा राजदूत पुहाक्काले अटिजम र ‘इन्क्लुसिभ एजुकेसन’ मा फिनल्यान्डको विशिष्ट विज्ञता रहेकाले ती शैक्षिक कार्यक्रममा सहकार्य गर्न आफू इच्छुक रहेको बताउनुभयो । वर्तमान सरकारको प्राथमिकतामा रहेको ‘डिजिटल ट्रान्सफर्मेसन’ को एजेन्डामा समेत फिनल्यान्डले साझेदारी गर्ने इच्छा व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

कानुन पढ्नेलाई प्रोत्साहन गर्दै बागलुङ नगरपालिका

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

अपाङ्गता र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्ति

विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तिर्ण