सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा, उच्चस्तरीय भेटघाटको तयारी

२०८३ बैसाख १७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सेर्गियो गोर काठमाडौं आइपुगेका छन्। मध्य तथा दक्षिण एसियाका लागि राष्ट्रपतिका विशेष दूत गोर नयाँ दिल्लीबाट नेपाल वायुसेवाको उडानमार्फत साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

छ सदस्यीय टोलीको नेतृत्व गर्दै आएका गोर विमानस्थलबाट सिधै बत्तिसपुतलीस्थित होटल द्वारिकाज पुगेका छन्। उनीसँगै नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका डिफेन्स एट्याची मेजर जनरल प्याट्रिक ए टिग पनि काठमाडौं आएका छन्। टोलीका अन्य सदस्यहरूको विवरण भने सार्वजनिक गरिएको छैन।

यसअघि मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर ले करिब १० दिनअघि नेपालको तीन दिने भ्रमण सम्पन्न गरेका थिए। पछिल्लो समय अमेरिकी उच्च अधिकारीहरूको नेपाल भ्रमण बाक्लिँदै गएको सन्दर्भमा गोरको भ्रमणलाई पनि महत्वका साथ हेरिएको छ।

गोरको टोलीले प्रधानमन्त्री बालेन्द्र शाह सँग भेटका लागि अनुरोध गरेको बताइए पनि हालसम्म औपचारिक समय तय भएको छैन। यसअघि पनि प्रधानमन्त्री शाहले कपुरसँग भेट नगरेको सन्दर्भमा सम्भावित भेटबारे चासो बढेको छ।

यसैबीच अमेरिकी अधिकारीहरूको भ्रमणपछि वैशाख अन्तिम साता भारतीय विदेश सचिव विक्रम मिश्री को काठमाडौं भ्रमण तय भएको छ। लगातार हुने उच्चस्तरीय भ्रमणहरूले नेपाललाई क्षेत्रीय कूटनीतिक गतिविधिको केन्द्रका रूपमा उभ्याउने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’