सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अफगानिस्तानको सुन खानीमा विस्फोट, पाँच जनाको मृत्यु

२०८३ बैसाख १७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काबुल, वैशाख १७ गते । अफगानिस्तानको उत्तरपूर्वी बदखसन प्रान्तको सुन खानीमा विस्फोट हुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार सहरी बुजर्ग जिल्लाको अविज क्षेत्रमा मजदुरले सुन खोजिरहेको समयमा दुर्घटना भएको हो ।

विपद् व्यवस्थापनका लागि प्रान्तीय निर्देशक मावलवी मोहम्मद अकरम अकबरीले मृतकको सङ्ख्या पाँच पुगेको पुष्टि गर्दै थप पीडितहरूको खोजी कार्य जारी रहेको बताउनु भएको छ । दुर्गम बदखसन जिल्ला खनिज स्रोतमा धनी जिल्ला भएता पनि अनियमित र खतरनाक खानी जन्य उत्खनन्ले समस्या ग्रस्त क्षेत्रको रुपमा परिचित रहेको जनाइएको छ ।

उच्च गरिबीले ग्रस्त अफगानीस्थानको खानी क्षेत्रमा यस्ता दुखद दुर्घटना पटक-पटक हुने गरेको पाइन्छ भने परम्परागत र अनियमित खानी उत्खनन्को अभ्यासले आधुनिक मेसिनरी र व्यावसायिक सुरक्षा मापदण्डको अभावमा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको जनाइएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल