सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टेलिकमद्वारा दुर्गम क्षेत्रमा भिस्याटमार्फत सेवा प्रवाह

२०८३ बैसाख १७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १७ वैशाखः नेपाल टेलिकमले देशका विभिन्न दुर्गम स्थानहरुमा ‘टुजी’ प्रविधिमा आधारित जिएसएम मोबाइल, टेलिफोन र डाटा सेवा प्रदान गर्दै आएको छ ।

टेलिकमले स्याटेलाइट प्रविधिमा आधारित जिएसएम मोबाइल तथा भिस्याट टेलिसेन्टर उपकरण जडान गरी हाल ३८ स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको जनाएको छ । चालु आर्थिक वर्षमा डोल्पाको उपल्लो डोल्पास्थित कान्छो गाउँ कुगाउँ तथा निजाल, च्छो–रोल्पा पदमार्ग रहेको दोलखाको ना–गाउँ र गोसाइँकुण्ड पदमार्ग रहेको रसुवाको चन्दनबारी गरी चार स्थानमा यो सेवा विस्तार गरिएको प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्रविधिका सबैभन्दा बढी अर्थात् १४ ‘साइट’ डोल्पा जिल्लामा रहेका छन् । डोल्पाको छार्का–ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा यी साइट रहेका छन् ।

यस्तै हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ तथा मुगुको मुगुगाउँ, पुलु, रारा (मुर्मा), सोरुकोट र भी गरी पाँच÷पाँच स्थानमा साइट रहेको टेलिकमले जनाएको छ ।

यसैगरी मनाङको भीमथाङ, फु र नार, दोलखाको बेदिङ र ना–गाउँ (च्छो–रोल्पा), ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्सेप र मोन्जु, रसुवाको गोसाइँकुण्ड र चन्दनबारी तथा दार्चुलाको तिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा यस्ता साइट रहेका छन् ।

टेलिकमले सहरी र सुगम क्षेत्रमा मात्र नभई भौगोलिक हिसाबले देशभरका अत्यन्त विकट तथा जनसङ्ख्याको कोणबाट निकै कम मानिसहरु रहने दुर्गम बस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि भिस्याट प्रविधिको प्रयोग गरेको छ । यस्ता दुर्गम बस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि कम्पनीले हेलिकोप्टरबाट उपकरण र सामानहरु ओसारेरसमेत दूरसञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फाइभजीः ‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ जारी

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

गोरखापत्र दैनिकको प्रधान सम्पादक बने जुनार बस्नेत

मोबाइलको मोमोरी छिटो भरिएर हैरान हुनुहुन्छ ? यी सजिलो टिप्स अपनाउनुहोस्

चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम

टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडमा पुनः इन्टरनेट सेवा

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या