सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्वि : डब्ल्यूएचओ

२०८३ बैसाख १७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेनेभा, वैशाख १७ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व चरम उत्कर्समा पुगेको उल्लेख गर्दै विश्वव्यापीरूपमा चिकित्सा सुविधा र स्वास्थ्यकर्मी माथिको आक्रमण बढिरहेको बताएको छ ।

अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा इरानमा हवाई आक्रमण गर्नु अघि विश्वव्यापी स्वास्थ्य सेवा र स्वास्थ्यकर्मी लक्षित आक्रमणको औसत सङ्ख्या प्रति दिन ३.७ रहेको उल्लेख गर्दै हाल यो  सङ्ख्या बढेर ४.३ पुगेको डब्ल्युएचओले जनाइएको छ । डब्ल्यूएचओले मध्यपूर्वमा द्वन्द्व सुरु भएदेखि ५० वटा निजी अस्पताल तथा स्वास्थ्य केन्द्र बन्द गरिएको उल्लेख गर्दै १६ वटा अस्पतालमा क्षति पुगेको जनाएको छ ।

जुन सुकै अवस्थामा पनि सबै भन्दा बढी आवश्यक रहेको स्वास्थ्य सेवामा आक्रमण भइरहदा स्वास्थ्य सेवा प्रभाहको क्षमतामा नकरात्मक प्रभाव पारेको डब्लुएचओका आपतकालीन स्वास्थ्यसेवाका निर्देशक अल्ताफ मुसानीले बताउनुभएको छ । स्वास्थ्य सुविधामा भएका आक्रमणले गाजामा चिकित्सा सेवाको प्रावधानलाई पनि गम्भीररूपमा असर गरेको छ, जहाँ हाल एउटा मात्र अस्पताल पूर्णरूपमा सञ्चालनमा रहेको डब्ल्युएचओले जनाएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बारम्बार यी आक्रमणको निन्दा गर्दै सम्बन्धित पक्षलाई जवाफदेही बन्न आह्वान गर्नुभएको छ । उहाँले लेबनानको पछिल्लो अवस्थालाई प्रकाश पार्दै उहाँका स्वास्थ्य सुविधामा १४९ वटा आक्रमण भएको रेकर्ड गरिएको जनाउनुभएको छ । रासस/क्युएनए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरिफको बेइजिङ भ्रमण तय

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

तेहरानले शान्तिका लागि पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

हर्मुजमा इरानको कडा नियन्त्रण

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

इरानको चेतावनी कडा

रुस–चीन ग्यास वार्ता अलपत्र

सी–पुटिन सम्बन्धमा जोड

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित