सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आज उभौली पर्व मनाइँदै

२०८३ बैसाख १८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किरात समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच नाच्ने प्रचलन समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

पाथीभरा माताको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस्

४२ दिने बृहत् पाशुपत पदयात्रा समापन

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

आज मंगलबार : गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आइतबार काठमाडौँमा ‘गीतामैत्री मिलन’ कार्यक्रम हुँदै

आज शनिबार, कस्तो रहला तपाईको दिन ?

घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय