काठमाण्डौ : काँग्रेस सभापति देउवा १२ वर्षअघिको हत्या आरोप लगाएर सांसद मोहम्मद आफताब आलम पक्राउप्रति कड्किएका छ्न ।
आलमलाई पक्राउ गरि पुरानो मुद्दा ब्युँताएको भन्दै देउवा सरकार विरुद्ध रुष्ट बनेका हुन् ।
काँग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले त्यस बेला के हेरेर बसेको ? अनि १२ वर्ष अघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाईन्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
सोही प्रशिक्षण प्रतिष्ठानमा जनतामाझ राम्रो काम गर्न निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन तथा आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्ने गरी काम गर्न समेत भनेका छ्न् ।
उक्त कार्यक्रममा आलमको घटनालाई लिएर सञ्चार माध्यम समेत काँग्रेस विरुद्ध लागेको भन्दै कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समेत आक्रोश देखिन्थे ।