सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दोस्रो पटक आइपुगे चिनियाँ टोली दैलेखमा: पेट्रोलियम पदार्थ अन्वेषण कार्य तिव्र

२०७६ कार्तिक २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : दैलेख जिल्लाको नाभिस्थान शिरिस्थान लगायतका क्षेत्रमा पेट्रोयिम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली दैलेख पुगेका छ्न् ।

गत असार १६ मा नेपाल सरकारका उद्योग मन्त्री मातृका यादव र पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डे सहित चिनियाँ प्राविधिक टोलिले १५ दिनसम्म स्थलगत अवलोकन गरि पेट्रोयिम पदार्थको पहिलो चरणको अन्वेषण गरेर फर्किएको थियो ।

चाइना जियोलोजिकल सर्भे र नेपालको खानी तथा भूगर्भ विभागबीच पेट्रोलियम पदार्थको सम्झौता दुई अर्ब ४० करोड रुपैयाँ अन्वेषण लागत पारित भएपछि पहिलो चरणको अन्वेषण सकेर फर्केको चिनियाँ प्राविधिक टोली दोस्रो चरणको अन्वेषणका लागि दैलेख आइपुगेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललले बताएका छ्न् ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद सुनिता भट्टराईले बिभागको टिमसहित ४ जना चिनियाँ प्राविधिक टोलीले दैलेखमा काम सुरु गरिरहेको बताएकी छिन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी कट्टेललले पेट्रोलियम पदार्थ दोस्रो चरणको अन्वेषणका लागि आएको चिनियाँ प्राविधिक टोलीका लागि जिल्ला सुरक्षा समितिको बैठक बसि सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी दिएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दो

दशैंको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल, डिजेलको मूल्य कति पुग्यो ?

एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिक

गुल्मीमा कात्तिक १५ देखि महोत्सव हुने

पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो

पर्यटक स्वागत तथा सत्कारको पर्खाईमा महाेत्तरीका ब्यवसायी

बैदेशिक रोजगारलाई अवसरको रुपमा प्रयोग गर्नुपर्छ: श्रम मन्त्री भण्डारी

नेप्सेमा पाँच म्युचुअल फन्डको मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

१ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट

सेयर बजार १८.६० अंकले घट्यो

घट्यो सुनचाँदीको मूल्य