सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

साहित्य सन्ध्यामा ‘नेपालको भूराजनीति’बारे परिचर्चा

२०८३ जेठ ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३ जेठः साहित्य सन्ध्याको ४७६औँ मासिक शृङ्खलामा बूढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा शनिबार ‘नेपालको भूराजनीतिक विशेषता र ध्यान दिनुपर्ने विषय’ मा चर्चा र रचना वाचन गरिएको छ ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालको स्वीकृतिविना नेपाली भूमिबाट भारत र चीनले कैलाश मानसरोवरको यात्रा गराउने सूचना सार्वजनिक गर्नु अन्तरराष्ट्रिय कानुन एवं कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गर्नुभयो ।

त्यस अवसरमा साहित्यकार लक्ष्मण तिमिल्सिनाद्वारा लिखित ‘पुष्पाञ्जली’ खण्डकाव्य र ‘युगसन्देश’ कवितासङ्ग्रह लोकार्पण गरिएको थियो । ‘युगसन्देश’ को साहित्यकार गोविन्दप्रसाद आचार्यले समीक्षा गर्नुभएको थियो ।

साहित्यकारहरु ओमप्रसाद कोइराला, कणाद महर्षि, वासुदेव अधिकारी ‘पाँचथर’, विश्वनाथ तामाङ, अनिता लामा, बलराम विष्ट, कात्यायन, खेमराज निरौला, महेशराज खरेल, विन्दु अधिकारी, कुमार नेपाल, गङ्गा कर्माचार्य, राधिका सापकोटा, कृष्ण बाउसे, वासुदेव अधिकारी, पारसनाथ आचार्य, नित्यराज आचार्य, गङ्गा खड्का, यशोदा अधिकारी, नर्मदेश्वरी सत्याल, राजन आचार्य, बालिका गिरी, गणेशकुमार मिश्र, धनबहादुर मगर, महेन्द्रप्रकाश सिलवाल र अच्युत घिमिरेले कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले स्रष्टाहरुलाई विकृतिविरुद्ध निरन्तर कलम चलाउन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन