सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बजार अनुगमनमा २ सय ३२ व्यापारीक फर्म कारवाहीमा

२०७६ कार्तिक २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: दसैं, तिहार र छठपर्व लक्षित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । नयाँ उपभोक्ता संरक्षरण ऐन २०७५ को मापदण्ड अनुसार व्यवसाय संचालन नगर्ने व्यापारिक फर्म कारबाहीमा परेका हुन् ।

आर्थिक वर्षको साउनदेखि कार्तिक १ गतेसम्म २ सय ३२ व्यापारिक फर्म कारबाहीमा परेका हुन् । व्यवसायीहरुले व्यापारिक फर्म सञ्चालन गर्दा अनिवार्य रूपमा मूल्यसूची राख्नुपर्ने, व्यापारिक फर्म दर्ता गरेको हुनुपर्ने, लगायतको व्यवस्था गरेको छ ।

उक्त मापदण्डभित्र नछिरेका व्यापारीले व्यापारिक फर्मलाई अनुगमन अधिकारीहरुले  ठाउँको ठाउँ कारबाही गर्ने अधिकारको व्यवस्था छ ।

विभागले चालु आर्थिक वर्षको कार्तिक १ गते सम्ममा ५ सय ८३ व्यापारिक फर्म अनुगमन गरेकोमा २ सय ३२ व्यापारिकफर्म कारबाहीमा परेका हुन् । उपभोक्ता संरक्षण ऐनबमोजिम व्यापारिक फर्म सञ्चालन नगर्ने २ सय ३२ व्यापारिक फर्मबाट ४१ लाख ८० हजार जरिवाना गरेको छ ।

विभागले शुक्रबार सोह्रखुट्टे र सीतापाइलामा रहेका खाद्यान्न स्टोहरुमा अनुगमन गरेको थियो । विभागबाट गएको अनुगमनकर्ताको टोलिले सीतापाईलामा खरिद बिल नदेखाएको कसुरमा त्रितृजा स्टोर्सलाई १० हजार र दैनिकी खाद्यान्न स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरेको अनुगमनमा खटिएका अधिकारीहरुले जनाएका छन् ।

मूल्यसूची नराख्ने व्यापारीक फर्मलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म, बिक्री बिल नदेखाउनेलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म र खरिद बिल नदेखाउनेलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्ने गरेको अनुगमन शाखा प्रमुख दीपकराज पोख्रेलले जानकारी दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा छुट

साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार

सुनको मूल्य घट्यो, प्रतिताेला कति ?

घट्यो सुनचाँदीको मूल्य

आजको तरकारी तथा फलफूलकाे मूल्य, राताे बन्दा ३ सय रूपैयाँ

सेयर बजार १६.२६ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

लगातार बढ्दै सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

लाभांश पारित गर्न ओरियन्टल होटल्सले असोज २५ मा बोलायो एजीएम

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट, १० जनाले पाए २१ कित्ता सेयर

आजको तरकारी तथा फलफूल मूल्य, भारतीय ठूलो गोलभेडा ४० रुपैयाँ