सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

फासियानको यात्रा विवरण पुस्तक नेपालीमा अनुवाद

२०८३ जेठ ११, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लुम्बिनी, ११ जेठः बौद्ध संस्कृति तथा पुरातत्वका लागि महत्वपूर्ण चिनियाँ ग्रन्थ ‘फुगोची’ नेपाली भाषामा अनुवाद गरिएको छ । बौद्ध चिनियाँ तीर्थयात्री भिक्षु फासियानले एक हजार ६०० वर्षअघि बौद्ध राज्यको भ्रमण गरी त्यसको यात्रा विवरण लेखेका थिए । बौद्ध पुरातत्वको क्षेत्रमा यो महत्वपूर्ण ग्रन्थ दुर्लभ मानिन्छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले बेइजिङ लोङमिङह नेटवर्क कम्पनी, चीनको सहकार्यमा पुस्तक नेपालीमा अनुवाद गरेको हो । विश्वविद्यालयका सहप्राध्यापक डा सागर न्यौपाने र सहायक निर्देशक चुरामणि पोखरेलले अनुवाद गरेको बौद्ध राज्यको अभिलेख नामक पुस्तक आज लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ ।

तीर्थयात्री फासियानको यात्रा विवरण लेखिएको अभिलेखकै आधारमा बुद्ध जन्मस्थल लुम्बिनी, शाक्यको राजधानी तिलौराकोट, अस्तुधातु राखिएको स्थान रामग्रामका साथै भारतमा रहेका बौद्ध स्थलको पुरातात्विक पहिचान भएको छ । अभिलेख फ्रेन्च, अङ्ग्रेजी र हिन्दी भाषामा अनुवाद गरिएको थियो । चिनियाँ लिपिबाट पहिलो पटक नेपालीमा अनुवाद गरिएको अनुवादक न्यौपानेले जानकारी दिनुभयो । उहाँले चीनको सिन, चिन, मिङ र छिङ वंशकालमा प्रकाशित चिनियाँ लिपिकै आधारमा अनुवाद गरेको जानकारी दिनुभयो ।

पुस्तक विमोचन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा माणिकरत्न शाक्यले बौद्ध इतिहासमा फासियान र ह्वेनसाङ्गको दस्तावेजसहितको यात्राविवरण महत्वपूर्ण रहेको बताउनुभयो । बौद्ध राज्यको अभिलेख पुस्तकले अध्ययन अनुसन्धानमा संलग्न नेपाली अनुसन्धानकर्तालाई सहज हुने उहाँले बताउनुभयो । उहाँले फासियानले पुस्तकमा तत्कालिन बौद्ध राज्यको सांस्कृतिक तथा आर्थिक अवस्थाका साथै बौद्धस्थलको विषयमा चर्चा गरेकाले नेपाली भाषामा अनुवाद हुनु महत्वपूर्ण कार्य रहेको बताउनुभयो ।

सिल्करोड सांस्कृतिक कार्य कमिटी एवं चीन संस्कृति प्रवद्र्धन सोसाइटीका निर्देशक साङ्ची चसीले फासियानको पुस्तकले शब्द मात्र होइन, सभ्यताको सम्झना र मित्रताको निरन्तरता पनि बोकेको बताउनुभयो ।

त्यस्तै लङमिङ्गह नेटवर्क कम्पनीका निर्देशक जु युले लुम्बिनी बौद्ध विश्वविद्यालयसँग थप चिनियाँ र नेपाली सांस्कृतिक क्लासिकको पारस्परिक अनुवाद तथा प्रसारलाई प्रवद्र्धन गर्न काम जारी राख्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार इन्द्रप्रसाद काफ्लेले बौद्ध संस्कृतिको पहिचान, अध्ययन अनुसन्धानमा यो पुस्तक महत्वपूर्ण हुने बताउनुभयो । उहाँले विश्वविद्यालयले निरन्तर रूपमा यस्ता महत्वपूर्ण ग्रन्थको अनुवाद गर्दै जाने बताउनुभयो ।

लुम्बिनी अनुसन्धान केन्द्रका निर्देशक प्राडा गितु गिरीले फासियानको यात्रा विवरण बौद्ध इतिहासकै महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । अनुसन्धान केन्द्रले यस्ता थुप्रै प्राचिन ग्रन्थ अनुवाद गर्ने काम जारी राखेको उहाँले जानकारी गराउनुभयो ।

सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा रु ४० लाखको फासियान तथा ह्वेनसाङ अनुसन्धान कोष स्थापना गरिएको छ । चिनियाँ दाताको सहयोगमा यो कोष स्थापना गरिएको हो । सो कोषको रकम विश्वविद्यालयको योजनाअनुसार अनुसन्धानकार्यमा खर्च गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन