काठमाण्डौः धादिङको धार्केमा प्रेसर कुकर बम फेला परेको छ । धादिङको धुनबेसी नगरपालिका वडा नम्बर- ६ को कर कार्यालय पछाडी प्रेसर कुकर बम भेटिएको हो ।
आईतबार बिहान फेला परेको बमलाइ देखेपछी स्थानीय बासिन्दाले ईलाका प्रहरी कार्यालय खानिखोलालाई खबर गरेका थिए ।
कर कार्यालय पछाडी पटीको बाटोमा जेब्रा झोला भित्र तार सहित राखिएको उक्त बम करिब ३ लिटर जतिको प्रेसर कुकरमा कालो टेप लगाइएको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उक्त बमलाइ प्रहरीले केही बेर सुरक्षा दिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्कृय पारेको छ । उक्त बस्तुलाइ प्रतिबन्धित नेकपा बिप्लवका कार्यकर्ताहरुले राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।