सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजधानीमा ट्वीनअटर विमानलाई रोक लगाउदै सरकार

२०७६ कार्तिक ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको चाप कम गर्न ट्वीनअटर विमानलाइ अब प्रदेशमा मात्रै अवतरण गराउने गृहकार्यमा सरकार जुटेको छ ।

नेपाल पर्यटन बोर्डमा आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न गैर आवासीय नेपालीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

सोही क्रममा मन्त्री भट्टराईले काठमाडौँमा ठूला जहाज मात्रै प्रयोगमा ल्याउने योजना अनुरुप सरकारले पहल गरिरहेको बताए ।

आगामी जनवरी १ मा उद्घाटन हुने नेपाल भ्रमण वर्ष २०२० अविष्मरणीय हुने बताएका छन् ।

उद्घाटन समारोहमा नेपालका दूतावास रहेका सबै देशका पर्यटन मन्त्रीहरु आउने कार्यक्रम रहेको मन्त्री भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

विकासका लागि निजी क्षेत्रको पुँजी आवश्यक छः अर्थमन्त्री वाग्ले

अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै