सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक विमोचन

२०८३ जेठ २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २४ जेठः लेखक ‘ददीराम सापकोटाद्वारा लिखित ‘त्यो नेपाल’ नामक पुस्तक आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको छ । फ्रान्सेली भाषामा लेखिएको उक्त पुस्तक नेपाललाई कर्मथलो बनाएका फ्रान्सेली नागरिकको अनुभवका आधारमा तयार गरिएको जनाइएको छ ।

पुस्तकमा नेपालप्रति फ्रान्सेली समुदायको दृष्टिकोण, अनुभव तथा उनीहरूले नेपालमा बिताएका विभिन्न क्षण समेटिएको बताइएको छ । पुस्तकको विमोचन आलियन्स फ्रन्सेका डिरेक्टर मस्यु सिल्भाँ श्वाँ, फ्रान्सका लागि नेपाली दूतावास पेरिसका पूर्वकूटनीतिज्ञ रामबाबु ढकाल, निरज भारी तथा लेखक सापकोटाले संयुक्त रूपमा गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डिरेक्टर सिल्भाँ श्वाँले पुस्तकले नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभव प्रस्तुत गरेको उल्लेख गर्दै यसले पाठकलाई नेपालबारे थप जानकारी र नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

लेखक ददीराम सापकोटाले पुस्तक लेख्ने क्रममा आफूले पेरिसका विभिन्न स्थानमा पुगेर नेपालसँग सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेको बताउनुभयो । उहाँले व्यापक अध्ययन, अनुसन्धान र अनुभव सङ्कलनपछि पुस्तक तयार गर्न सफल भएको जानकारी दिनुभयो ।

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै पूर्वकूटनीतिज्ञ रामबाबु ढकालले नेपाल–फ्रान्स सम्बन्ध तथा सांस्कृतिक आदानप्रदानलाई पुस्तकले थप उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो । फ्रान्सेली भाषामा प्रकाशित ‘त्यो नेपाल’ नामक पुस्तकले नेपाललाई आफ्नो कर्मभूमि बनाएका फ्रान्सेलीको अनुभव र दृष्टिकोणलाई पाठकमाझ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन