काठमाण्डौं : बैदेशीक रोजगारीका लागी मलेशिया पुगेका दाङका मोहन केसीको डिउटिको समयमा बेहोस हुँदा मृत्यु भएको छ ।
दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारे स्थायी घर भएका ४२ वर्षीय केसीको असोज २९ गते बेलका सवा ४ बजे मृत्यु भएको हो ।
दशैँको टीकाको दिन एक्कासि बेहोस भएका केसीको मलेशियामा रहेको सालम अस्पतालमा उपचार भईरहेको थियो ।
गत बुधबार उनको उपचारका क्रममा मृत्यु भएको आफन्त सुरेश ओलीले बताएका छन् ।
एक महीनाअघि मात्रै मलेशियाको डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ काममा गएका केसीको शव सोमबार नेपाल ल्याउने सुरेशले जानकारी दिए ।