सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारलाइ दवाब दिन पुनः धार्मिक रथयात्रा शुरू गर्ने राप्रपाको निर्णय (विज्ञप्ती सहित)  

२०७६ कार्तिक ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टीले तिहार लगत्तै ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुरू गर्ने निर्णय गरेको छ ।

आईतबार धुम्बाराहीमा बसेको राप्रपा केन्द्रिय विभागीय प्रमुख तथा पदाधिकारीहरूको संयुक्त बैठकले रथयात्रा शुरू गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय विभाग र सदस्य-सचिवहरूको उपस्थिति रहेको संयुक्त बैठकले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले यात्रा सम्पन्न हुन बाँकी रहेका विभिन्न जिल्लाहरूमा ‘राष्ट्रिय स्वाभिमान यात्रा’ तिहार लगत्तै पुनः सुरु गर्ने तयारी समेत गरेको जनाएको छ ।

बैठकले आगामी मंसिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनको तयारी बारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघन रूपले अगाडि बढाउन सम्बन्धित समितिहरूलाई निर्देशन दिने निणर्य गरेको छ ।

यसैगरी विभाग र समितिहरूलाई पन्ध्र दिन भित्र पूर्णता दिन र कार्ययोजना यथाशिध्र तयार गर्न निर्देशन दिने उक्त बैठकले निर्णय गरेको प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको प्रजातन्त्र लगायतका विभिन्न २२ बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्ने, आफ्ना मागका सम्बन्धमा जनमत बनाउने, जनतालाई जागरुक गर्ने उद्देश्य अनुरूप राप्रपाले स्वाभिमान यात्रा सञ्चालन गर्दै आइरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा आइतबार जारी गरिएको प्रेश विज्ञप्तीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन उपाध्यक्ष पौडेलको आग्रह

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छः पूर्वकार्यवाहक सभापति खड्का