सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जम्मू-कश्मिरमा भारत पाकिस्तान दोहोरो भिडन्तामा दुई गोर्खा सैनिकको मृत्यु

२०७६ कार्तिक ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: भारतको जम्मु-कश्मिरस्थित भारतीय सेनाको तङ्गधार सेक्टरमा रहेको चौकीमा पाकिस्तानका सेनाले गोलीबारी गर्दा दुई गोर्खा सैनिकको मृत्यु भएको छ ।

कश्मिरको ग्रामीण क्षेत्रलाई लक्षित गरी पाकिस्तानी सेनाले गरेको गोलाबारीमा गोर्खा सैनिकद्धय हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठको मृत्यु भएको हो । उनीहरू कहाँका निवासी हुन्, त्यसको पुष्टि हुन सकेको छैन  ।

त्यसैगरी एलओसीको दुबै तर्फ सैनिकहरुको मृत्यु हुनुका साथै किटानीका रुपमा मृत्यु मएका सैनिकहरुको संख्या एकिन हुन सकेको छैन् ।  कश्मिरको कुप्रवास्थित  टगंधार जिल्लामा २ जना भारतीय सेनाको मृत्यु भएको भारतीय समाचार माध्यमले जानकारी दिएको छ ।

साथै पाकिस्तान तर्फ १ जना पाकिस्तानी सेना लगायत ५ जना नागरीकहरूको मृत्यु भएको तथा ७ जनाको उपचार भईरहेको पाकिस्तानका जनरल आशिफ गफरुरले जानकारी दिएका छन् ।

जनरल आशिफ गफरुरका अनुसार ९ जना भारतीय सेनाहरुको पाकिस्तान चर्फ घुसपैठ गर्ने क्रममा मृत्यु हुनुका साथै भारतिय ट्याकं र बंकरहरु नष्ट गरेको बताएका छन् ।

पछिल्ला दुई महिनामा पाकिस्तानी सेनाको गोलीबारीमा परी ५ गोर्खा सैनिकको मृत्यु भईसकेको छ । भारतीय सेनाको कारबाहीमा करिब एक दर्जन पाकिस्तानी सेना र आतङ्ककारीहरू मारिएको भारतीय सेनाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु