सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एसइईमा उत्कृष्ट छात्रछात्रालाई सम्मान

२०८३ असार ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टक्सार (भोजपुर), ११ असार : भोजपुरमा एसइई परीक्षामा पालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले एसइईमा उत्कृष्ट ल्याउने एक छात्र र एक छात्रालाई नगद ५० हजारसहित सम्मान गरेको हो ।

गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मा रहेको अन्नपूर्ण बागधन रणदिवा माध्यमिक विद्यालयबाट उत्कृष्ट हुने छात्र आविष्कार घिमिरे र वडा नम्बर ८ गोगनेमा रहेको विधेश्वर माविकी छात्रा स्नेहा राईलाई गाउँपालिकाले रु ५० हजार र सम्मानपत्र प्रदान गरेको हो ।

आविष्कार तीन दशमलव ५४ र स्नेहा तीन दशमलव ३७ जिपिएसहित पालिका प्रथम भएका थिए । पालिकाको आगामी दिनमा अध्ययनमा उहाँलाई सहयोग हुने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । गाउँपालिकाले विधेश्वरमा मावि गोगनेबाट एसइई परीक्षा उत्तीर्ण गरी एमबिबिएस अध्ययनरत छात्रा सान्गेन्मा साङपाङ राईलाई दुई लाख छात्रवृत्ति प्रदान गरेको छ ।

प्राविधिक विषयमा अध्ययरनत अनुशासित तथा उत्कृष्ट विद्यार्थीहरु पस्लमु शेर्पा, इसा राई र चुडामणि श्रेष्ठलाई नगद रु ५० हजारका दरले छात्रवृत्तिसमेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । यस वर्षका जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाबाट सहभागी भई प्रथम स्थान हासिल गर्ने खेलाडीलाई नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण