सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेजममा प्रदर्शन

२०७६ कार्तिक ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पताल तोडफोड गरेका छन् ।

नवलपुरको मध्यविन्दु नगरपालिका–९ की ३२ वर्षीया आशा ज्ञवालीलाई नाक भित्र मासु पलाएर सोमबार चितवन मेडिकल कलेज अस्पतालमा उपचारको लागि लगिएकोमा उनको शनिबार उपचारको क्रममा मृत्यु भएको थियो ।

चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउदै आफन्तहरुले अस्पताल प्रवेशद्वार, राजमार्ग छेउको गेटमा तोडफोड गरेका छन् ।

प्रर्दशनकारी र प्रहरीबीच अस्पताल परिसरमै ढुंगा हानाहान भएपछि अस्पतालमा उपचारका गराउन आएका बिरामीहरुको समेत भागाभाग भएको थियो ।

प्रहरीले भिडलाई नियन्त्रणमा लिन ४० सेल अश्रुग्याँस समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रदर्शनकारले हाने ढुँङ्गाले अस्पतालको अति संबेदनशिल कक्ष (आईसीयु) र पोस्ट अपका झ्यालको सीसाहरु फुटेको छ ।

बिरामीको मृत्युपछि अस्पताल प्रशासन र बिरामीका आफन्तबीच शनिबार साँझ भएको वार्तामा औषधि उपचार खर्च मिनाहा गरिदिने कुरामा वार्ता भइरहँदा विरामिका आफन्तले अस्पतालमा ढुंगा हानेपछि वार्ता स्थगित भएको थियो ।

प्रदर्शनकारीले गरेको ढुङ्गामुडाबाट ५ जना प्रहरी घाइते भएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (फोटोफिचर)

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

बजार अनुगमन थप प्रभावकारी बनाउनुस्: कार्यवाहक प्रधानमन्त्री खड्का

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

उपेन्द्र यादव लागे अमेरिका

प्रधानमन्त्री प्रचण्ड ङारीबाट छन्दु प्रस्थान गर्दै

एमाले कोशी प्रदेशको उदघाटन आज, ओलीले सम्बोधन गर्ने

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित