सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेजममा प्रदर्शन

२०७६ कार्तिक ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पताल तोडफोड गरेका छन् ।

नवलपुरको मध्यविन्दु नगरपालिका–९ की ३२ वर्षीया आशा ज्ञवालीलाई नाक भित्र मासु पलाएर सोमबार चितवन मेडिकल कलेज अस्पतालमा उपचारको लागि लगिएकोमा उनको शनिबार उपचारको क्रममा मृत्यु भएको थियो ।

चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउदै आफन्तहरुले अस्पताल प्रवेशद्वार, राजमार्ग छेउको गेटमा तोडफोड गरेका छन् ।

प्रर्दशनकारी र प्रहरीबीच अस्पताल परिसरमै ढुंगा हानाहान भएपछि अस्पतालमा उपचारका गराउन आएका बिरामीहरुको समेत भागाभाग भएको थियो ।

प्रहरीले भिडलाई नियन्त्रणमा लिन ४० सेल अश्रुग्याँस समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रदर्शनकारले हाने ढुँङ्गाले अस्पतालको अति संबेदनशिल कक्ष (आईसीयु) र पोस्ट अपका झ्यालको सीसाहरु फुटेको छ ।

बिरामीको मृत्युपछि अस्पताल प्रशासन र बिरामीका आफन्तबीच शनिबार साँझ भएको वार्तामा औषधि उपचार खर्च मिनाहा गरिदिने कुरामा वार्ता भइरहँदा विरामिका आफन्तले अस्पतालमा ढुंगा हानेपछि वार्ता स्थगित भएको थियो ।

प्रदर्शनकारीले गरेको ढुङ्गामुडाबाट ५ जना प्रहरी घाइते भएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान